Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ।
स्वतन्त्र तराईको माग गर्दै आएको सिके राउत समूहको गतिविधि नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिको खोजी गर्न नेपाल प्रहरीले छुट्टै ुस्पेसल टास्क फोर्सु निर्माण गरेको छ ।

केही दिनयता तराईमा सिके राउत समूहले सञ्चालन गरेको गतिविधि समेटिएको भिडियो रेकर्ड प्रहरी प्रधान कार्यालयमा आइपुगेपछि ुस्पेसल टास्क फोर्सु निर्माण गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रदेश प्रमुखको जिम्मेवारी लिएर कार्यक्षेत्रमा जान लागेका डिआइजीलाई केही दिन अघि प्रहरी महानिरीक्षक ९आइजिपी० सर्वेन्द्र खनालले प्रदेश प्रहरी प्रमुखको भूमिका प्रभावकारी नभएको र संविधानविपरीत काम गर्ने तत्व सलबलाएकाले सचेत हुन निर्देशन दिएका थिए ।

सो अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख एआइजी पुष्कर कार्कीले पनि सिके राउत समूहको गतिविधि पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका थिए ।