पोखरा ।
पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपिएल क्रिकेटमा बुटवल ब्लास्टर्सले लगातार दोस्रो जित हात पारेको छ। आफ्नो दोस्रो खेलमा बुटवलले आईतबार पोखरा पल्टनलाई ३३ रनले हरायो।

पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५१ रन जोड्यो। वुटवलका भीम सार्कीले ५४,रोहन मुस्ताफाले ४५ र कप्तान सोमपाल कामीले २२ रन बनाए। पोखराका बलर मोहम्मद नाविदले तीन विकेट हात पारे। पोखराले २० ओभरमा ९ विकेट गुमाएर ११७ रन जोड्यो। सोमपाल कामी, विपिन खत्री, ललित भन्डारी र रोहन मुस्ताफाले दुई दुई विकेट हात पारे। सागर पुनले एक विकेट लिए।

पोखराका आसिफ शेख २० र शरद भेषावकरले १९ रन बनाए। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। आईतबार भएको पहिलो खेलमा धनगढीले विराटनगरलाई हराएको छ। दुवै टोलीले पहिलो खेलमा हार ब्यहोरेका थिए।