–ओठ वेलावेलामा चुस्ने वा चाट्ने बानी राम्रो होइन । यसले ओठ नरम हुने भएकाले बाहिरको चिसो हावाले चाँडो असर पु(याउँछ ।

–चिसोमा बाहिर निस्कँदा घिउ वा मह लगाएर हिँड्दा ओठ फुट्दैन ।

–बाहिरी वातावरणमा जाँदा लिपगार्ड, लिपिस्टिक लगाउँदा पनि ओठ फुट्नबाट बच्न सकिन्छ ।

–पानी धेरै पिउनु पनि यो समस्याबाट बच्ने उत्तम उपाय हो ।

–जाडोमा दैनिक बदाम र सुन्तलाको सेवन गर्दा पनि यसबाट बच्न सकिन्छ ।

–विभिन्न खाले घरेलु उपाय अपनाउँदा पनि ओठ फुट्ने समस्या देखिएमा छाला चिकित्सककहाँ गएर जचाउनुपर्छ ।