काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सीसीयुमा भर्ना भएका प्रधानमन्त्री ओलीको अवस्था सुधारोन्मोख रहेको उनीहरुको दाबी छ ।

सेन्टरका प्रमुख डाक्टर अरुण कुमार सायमीले अहिले सम्म दुई पटक एक्से गरिएको छ भने मुटुको ईसीजी, एको तथा रगतको जाँच गरिएको छ ।

यस्तै संक्रमण पहिचान गर्न थ्रोट स्वाव गरिएको पनि सायमीले जानकारी दिए । प्रधानमन्त्रीको छातीमा संक्रमण देखिनुको साथै चिनीको मात्रा बढेपछि सोमबार बिहान ४ बजे अस्पताल भर्ना गरिएको थियो ।