• 3
    Shares

काठमाडौं ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमो भएको साफ यु–१५ च्याम्पियनसिप खेल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

सोमबार भएको खेलमा १० खेलाडीमा सिमित बंगलादेशले नेपाललाई हराउँदै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफ १–१ को बरबारीमा सकिएको खेलको दोस्रो हाफको सुरूमै बंगलादेशले गोल गर्दै नेपालविरूद्ध जीत निकालेको हो। बंगलादेशले दोस्रो हाफको पहिलो ३० सेकेन्ड भित्रै गोल गर्दै खेलमा अग्रता लिएको थियो।

यसअघि ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा भएको खेलमा बंगलादेशले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो। खेलको पहिलो मिनेटमा बंगलादेशले गोल गर्दै खेलमा अग्रता लिएको थियो। खेलको ३६ औं मिनेटमा नेपाल जान लिम्बुले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको ३४औं मिनेटमा राकेश विश्वकर्मालाई काउन्टर अट्याकमा बंगलादेशी गोलरक्षक मितुल मार्माले खराब ट्याकल गरेपछि नेपालले पेनाल्टीको मौका पाएको थियो। गोल किपर रातो कार्ड खाँदै बाहिरिए पछि जानले गोल गर्दै खेललाई बराबरीमा ल्यएका हुन्।

मार्माको स्थानले बंगलादेशका दोस्रो रोजाइका गोलरक्षक मेहेदी हसन मैदान प्रवेश गरेका थिए। उनलार्इ स्ट्राइकर रसेल अहमदको स्थानमा सब्सिच्युड गरिएको थियो।

यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेका नेपालले अब समूह ए को विजेता पाकिस्तानसँग फाइनल प्रवेशका लागि खेल्नेछ। बंगलादेशले समूह एको उपबिजेता भारतसँग खेल्नेछ।