काठमाडौं ।
भन्सार छल्न सहयोग गरी घुस खाएको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरुल होदा अन्सारी विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता भएको हो । उनलाई अख्तियारले अदालत सामु ३० हजार रुपियाँ विगो दाबी गरेको छ । नेपाल भारत सीमा बजारबाट भन्सार छली चोरी गरी ल्याईएका सामान ल्याउन सहज बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले उनलाई सोमबार पक्राउ गरेको थियो ।

उनले बहानामा घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार टोलीले नियन्त्रणमा लिइ अनुसन्धान हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले उनी विरुद्ध मुद्धा दर्ता भएको अख्तियारले जनाएको छ ।