काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलर सहित चाइनिज नागरिक राहदानी नम्बर इडि ४८२९४७८ बाहक इर्सालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अबैध रुपमा लुकाई छिपाई लैजान लागेको उक्त डलर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।