काठमाडौं ।

भरैहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच आजबाट सुरु भएको छ। निमार्ण कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा रनवेको पिच शुरु भएको हो ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिलले गरिरहेको छ।

विमानस्थलको भौतिक संरचना निर्माण कार्यले तीव्रता लिएसँगै ४ महिना भित्र आयोजनाले पूर्णता पाउने गरी काम अघि बढेको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको भनाइ छ।

साथै विमानस्थल निर्माणको कार्य आगमी अगष्टभित्रै सम्पन्न भई सञ्चालनमा आउने मन्त्री अधिकारीको दाबी गरेका छन्। रनवेको कालोपत्रे उद्घाटन गर्दै मन्त्री अधिकारीले मौसमले साथ दिए ४ महिना भित्र कालोपत्रेको निर्माण कार्य सम्पन्न हुने बताए।

तीन किलोमिटर लम्बाइ भएको रनवेमा अहिले पीच गर्ने काम सुरु भएको छ । यो सँगै अब लाइटिङ्गको काम पनि अगाडि बढ्ने आयोजनाका निमित्त प्रमुख प्रबेश अधिकारीलेको बताएका छन् ।

मङ्गलबारबाट सुरु भएको कालोपत्रेकोे काम पनि ४ महिनाभित्र सकिने आयोजनाले जनाएको छ ।