Spread the love
  • 22
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

डर पोक हाकीम ललितपुरको एक चलेकै नगरपालिकामा यो गाउँलेले भेट्टाएको छु । यसतो खाले हाकीम यो गाउँलेले पहिलो चोटी देखेर होला, थाहै नपाई एकोहोरिए छु । यो गाउँले यहाँसम्म एकोहोरिए छु कि, उनकै गार्डले सल्युट हान्दा तर्सेपछि मात्रै यो गाउँले झसँगै भएछु । यो याद जहिल्यै पनि यो गाउँलेलाई ताजै होला भन्ने लागिरहेको छ ।

उनको कोठाको ढोका खोल्न लाउन एक जना पुरुष ढोका छेउमै उभिएका छन् । ढोका लगाए खोलिए पिच्छे हाकीमले उनको सल्युट पनि मज्जैसँग खान्छन् पनि । सायद यो उनको हाकीम प्रति रेस्पेक्ट पनि हुन सक्छ, या त चलन, नियम जे भनौँ ।

यो गाउँले त्यो हाकीमकोमा पाँच मिनेट उभिएँ होला । यस बिचमा हाकीमले ३० औँ पटक जसो सल्युट खाए । सल्युट खाएपिच्छे हाकीम डराईरहे मात्रै । दिनमा सयौँ पटक सल्युट खाएर डराइरने हाकीम सापको बानी नै हो भने यी डर पोक हाकीमले जागिर खाएर पेट पाल्लान जस्तो पारा नदेखिएको निष्कर्श यो गाउँलेले निकाली सकेको छ ।

डर पोक हाकीम सापको यस्तो दयनीय अबस्था देखेर यो गाउँलेको मनमा हाकीम प्रति विचरा हाकीम भन्नु सिवाय केही रहेन । कि कसो पाठकवृन्द !