एजेन्सी । न्युजिल्यान्डमा भएको एक अनुसन्धानले दैनिक एक गिलास दुध पिउँदा क्यान्सरको सम्भावना शुन्य हुने निष्कर्ष सहितको अनुसन्धान बाहिर ल्याएको छ ।

न्युजिल्यान्डस्थित वर्ल्ड क्यान्सर रिसर्च फन्डका वैज्ञानिकहरुले स्वास्थ्यमा दुधको असरबारे जानकारी पाउन गरेको अनुसन्धानमा वैज्ञानिकहरुले यस्तो नतीजा सार्वजनिक गरेका हुन् । अनुसन्धानमा किसोरावास्थामा नियमित रुपमा दुध पिउने व्यक्तिहरु वयस्क अवस्थामा क्यान्सरको खतरा ४० प्रतिशत कम रहेको देखिएको हो ।

त्यस्तै यसबाट क्यान्सर रोगीहरूमा किमोथेरापीको साइडइफेक्ट समेत कम हुन् जान्छ । एक शोधकर्ताका अनुसार, दुध तथा दुग्ध उत्पादन्हरुमा बढी मात्रामा क्याल्सियम पाइने हुनाले क्यान्सर बाहेक अन्य रोगहरुबाट पनि यसले बचाउने बताउँछन् ।

अझ दैनिक रुपमा ६ वर्षसम्म एक गिलास दुध पिउन सकेमा क्यान्सर रोगको सम्भावना आधा कम हुन जाने वैज्ञानीकहरुले दाबी गरे । साथै दैनिक व्यायाम गर्नु तथा मध्यपान जस्ता वस्तुहरुबाट टाढा रहनु क्यान्सर रोगको खतरालाई टाढा भगाउनु हो ।