गुल्मी– गुल्मीको एक विद्यालयका तीन छात्राले विष सेवन गरेका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका–१० मा रहेको भगवती माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत तीन जनाले विष सेवन गरेका हुन् ।

मुसा मार्न प्रयोग गरिने विष पानीमा घोलेर शुरुमा शुरुमा एक जनाले खाएको र अन्य दुई जनाले केही वेरमा विष विष सेवन गरेका थिए ।

विष खाएका मध्ये दुई जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।