सर्लाही– सर्लाही रामनगर गाउँपालिका–४ का रामविलास महतोको हत्याको अनुसन्धान तथा छानवीन गर्न प्रहरी प्रधान कार्यालयले एसपीको नेतृत्वमा एक डिएसपी र एक प्रहरी निरीक्षक सहितको छानवीन समिति गठन गरेको छ ।

बुधबार प्रहरी प्रधान कार्यालयले सो छानविन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान व्यूरोको टोली पनि अनुसन्धानका लागि सर्लाही जान लागेको छ ।

विहीबार विहानसम्ममा सिआइवीको टोली अनुसन्धानका लागि घट्नास्थलमा पुगिसक्ने छ । सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो ।

झडपका क्रममा चलेको गोली लागेर एक जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए । रामवन गाउँपालिका–४ का वडा अध्यक्ष रामनरेश महतोका काका अन्दाजी ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएको थियो ।