वेलायती वैज्ञानिकहरुले अन्तरिक्षबाट ह्वेल माछाको संख्या गणणा गर्न सकिने बताएका छन्।

उनीहरुले अन्तरिक्षबाट ह्वेलको गणणा व्यवहारिक तवरबाट गर्न सकिने बारे प्रदर्शनी गर्न लागेका हुन्।

ब्रिटिस अन्टार्टिक सर्वेक्षण ‘बास’का अनुसन्धानकर्ताले अत्याधुनिक भू–उपग्रहको प्रयोग गरी यस कार्य गर्न लागेका छन्।

जसबाट अन्तरिक्षबाटै ह्वेलको फोटो खिच्न सकिनेछ। उक्त भू–उपग्रहले ६ सय २० किलोमिटर माथिबाट समेत ह्वलेका गतिविधीलाई नियाल्न सकिने बताइएको छ।

वैज्ञानिकहरुले भू–मध्य सागरमा चाँडै फिन ह्वेलमा यो परिक्षण गर्ने बासले जनाएको छ।

वर्तमान विश्वमा प्राय हेलिकप्टर, पानी जहाज, अग्ला डाँडाबाट ह्वेलको गणणा गर्ने गरिएको छ।

तर त्यस गणणा त्यति व्यवहारिक छैन। विश्वभरको ह्वेलको गणणा अन्तरिक्षबाट गरिए त्यो अझ व्यवहारिक हुने वैज्ञानिकहरुको तर्क रहेको छ। एजेन्सी