काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ । मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा जानु भ​एको हो।

कतारमा रहँदा राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत यहाँका सरकारी उच्च अधिकारीहरूको भेटवार्ता भएको थियो। साथै उहाँले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमण समेत गर्नु भएको थियो । राष्ट्रपति भण्डारीका साथ उहाँसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कदै छ।

दुई मुलुकबीच कृषि तथा खाद्य सुरक्षा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति भण्डारीले कतार च्याम्बरले आयोजना गरेको नेपाल कतार ब्यापार फोरममा सम्बोधन गरेकी थिइन्।

दोहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न स्थानीय व्यवसायीलाई आग्रह गरिन्।