काठमाडौं। कञ्चनपुरको भीदत्त नगरपालिका(२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एकसय दिन पूरा भएको छ । गत साउन १० गते घरबाट साथीको घर पढ्न भनेर गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो ।

यस अवधिमा जिल्लाका प्रहरी प्रशासनको नेतृत्व परिवर्तन भयो । विभिन्न छानबिन समितिहरु गठन भए ।
न्यायका लागि भन्दै देशब्यापी आन्दोलनहरु भए । तर, सरकारले अझैसम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै फेरि आन्दोलनहरु सुरु भएका छन् ।

घटनापछि प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएपछि तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी० डिल्ली विष्ट र तत्कालीन वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिश भट्ट सेवाबाट बरखास्त भएका छन् ।

अनुसन्धानका नाममा प्रहरीले थुप्रै निर्दोष व्यक्तिहरुलाई यातना दिने काम गरेको भन्दै चौतर्फी विरोधहरु पनि भए । तर, अहिलेसम्म प्रहरी वास्तविक अपराधीसम्म पुग्न नसकेको भन्दै आलोचित बनेको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख कुँवेर कडायतले निर्मला हत्याकाण्डको अनुसन्धान अहिले पनि जारी राखेको भन्दै करिब डेडसय जना व्यक्तिहरुसँग सोधपुछ गरिएको बताए ।