• 1
    Share

कोलम्बो । श्रीलंकाका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिएका छन् ।

मुलुकमा सृजना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट नै समाधान गर्न उनले माग गर्दै रत्तपातको चेनावी दिएका हुन् ।

निर्वाचित प्रधानमन्त्री विक्रमासिङ्घेलाई गत हप्ता राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बर्खास्त गर्दै पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

राष्ट्रपति सिरिसेना र अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घे बीच सुरु भएको विवादले श्रीलंकामा राजनीतिक र संवैधानिक संकट आएको हो ।