• 2
    Shares

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का अध्यक्ष पशुपति शमशेर राणाबीच पार्टी एकताबारे छलफल भएको छ ।

मंगलबार दुई अध्यक्षबीच भएको छलफल सौहार्दपूर्ण र सकारात्मक भएको राप्रपा अध्यक्ष कमल थापाले बताएका छन् ।

थापाले वार्ता जारी रहने पनि उल्लेख गरेका छन् । मंगलबार राणासँगको छलफलपछि राप्रपा अध्यक्ष थापाले समाजिक सञ्जाल ट्वीटरमा ‘समान विचारधारा भएका दलहरुका बिचमा एकता र सहकार्य गर्ने नीति अनुसार आज राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर जबरासँग सौहार्दपूर्ण कुराकानी भयो ।

वार्ता सकारात्मक रहेको छ । वार्ता जारी रहने छ,’ लेखेका छन् ।गत वर्ष पार्टी एकीकरण भएको केही समयमै फुटेर थापा, राणा र डा प्रकाशचन्द्र लोहनीले छुट्टाछुट्टै पार्टी गठन गरेका थिए ।

टुक्रिएका ती पार्टीहरुले निर्वाचनमा सर्मनाक पराजय भोगेपछि एकताको प्रयास थालेका हुन् । पछिल्लो समय तीनै पार्टीबीच एकताका लागि अध्यक्ष तहमै वार्ता भइरहेको नेताहरुले बताएका छन् ।