क्यालिफोर्निया ।
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलिस्स्थित एक मदिरालयमा गोली प्रहार हुँदा एकजना प्रहरीसहित १२ जनाको ज्यान गएको छ।

स्थानीय समयअनुसार बुधबार रातीको ११स्२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ूबोर्डरल्याण्ड बार एण्ड ग्रीलू नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो।

कम्तीमा अन्य १० जना घाइते छन्।

मारिनेमा बन्दूकधारी पनि रहेको भेन्चुरा काउन्टीका एकजना प्रहरीले बताएका छन्। तर ती व्यक्तिको पहिचान भैसकेको छैन। प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन सकेको छैन।

कलेजका विद्यार्थीहरूमाझ सांगितिक कार्यक्रमका क्रममा बन्दूकधारीले जबर्जस्ती प्रवेश गरेर गोली चलाएका थिए। बिबिसी