चेल्सी युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । लिग अन्तर्गत बिहीबार राति अवे मैदानमा भएको खेलमा बाटे बोरिसोभलाई १–० ले हराउँदै चेल्सीले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

चेल्सीको जितमा ओलिभर जिरउडले गरेको गोल नै निर्णायक बन्यो । जिरउडले ५२ औँ मिनेटमा विजयी गोल गरेका हुन् । जिरउडले गएको मे यता पहिलो गोल गरेका हुन् ।

आर्सनल पनि अन्तिम ३२ मा प्रवेश गरेको छ । राति नै भएको खेलमा स्पोर्टिङ्ग दिस्बोनसँग गोलरहित बराबरीमा रोकिए पनि आर्सनलले अन्तिम ३२ मा स्थान बनाएको हो ।

तर यो खेलमा आर्सनलका लागि गम्भीर चिन्ताको विषय बनेको छ ड्यानी वेलबेकको चोट । खेलको क्रममा वेलबेट गम्भीर चोटग्रस्त भएका हुन् । उनको गोली गाँठोमा गम्भीर चोट लागेको हो ।