काठमाडौं। सोमबार पनि नेपाल स्टक एक्सचेन्जमा अनलाइन समस्या देखिएको छ । नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीलाई क्रमिक रुपमा सुधार गरी समस्या समाधान गर्न पहल भइरहेको छ । ‘नयाँ प्रणाली स्थापना भएपछि लगानीकर्ताले सामाना गर्नुपरेको मुख्य समस्या कारोबार विवरण रियल टाइममा हेर्न नपाउने थियो । यो समस्या कारोबार प्रणालीसँग नभई कारोबार विवरण प्रसारण गर्ने माध्यममा भएको समस्या हो,’ नेप्सेले जनाएको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा १३ दशमलव ०३ अंकले घटेर १ हजार १ सय ९२ दशमलव ७५ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव ६६ अंकले घटेर २ सय ५३ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ३१ कम्पनीको ४ लाख ४३ हजार ३५५ कित्ता शेयर खरिदबिक्री हुँदा १३ करोड ३७ लाख ७९ हजार ७९६ रुपैयाँको कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार बढेको हो ।

यस दिन सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । जसको आज १ करोड २५ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा नबिल इक्विटी फण्डका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा २ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा अपी पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ८१ प्रतिशतले घटेको छ ।