काठमाडौं, नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ।

सोमबार काठमाडौंको प्रदर्शनी मार्गमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो।

प्रधानमन्त्री ओलीको तस्वीर प्रयोग गरेर कार्टुन बनाइ फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ गरेका काभ्रेका कार्यकर्ता कृष्ण ढकालको रिहाइको माग गर्दै संघले सरकारविरूद्ध आन्दोलन गर्दै आएको छ।

आन्दोलनकारीहरूले ढकालको तत्काल रिहाइ नभए सरकारविरूद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिँदै आएको छ।