काठमाडौं । छोरा प्रकाश दाहालको पहिलो स्मृति सभामा प्रचण्ड भक्कानिएका छन् । ललितपुरको खुमलटारस्थित निवासमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा नेकपा अध्यक्षसमेत रहेका प्रचण्डले छोरा प्रकाश दाहालको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालन सम्भव भएको बताए । उनले आँखामा आँसु भर्दैं देश, जनता, नेता, कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भन्दै आँसु नै झारे ।

प्रकाश परिपक्व हुँदै गएको बेला असामयीक निधन भएको र त्यसबाट ठूलो क्षति पुगेको प्रचण्डले बताए ।

प्रचण्डको एकमात्र छोरा प्रकाशको गत वर्ष निधन भएको थियो । त्यसको एक वर्षअघि प्रचण्डकी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको थियो ।