काठमाडौं। नेपाल विद्यार्थी संघभित्र लफडा बढ्ने संकेत देखिएको छ । पदाधिकारीको चाहना विपरीत नेपाली कांग्रेसले नेविसंघको कार्यसमितिको कार्यकाल थप दुई महिना थपेपछि पदाधिकारीहरु राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।

आइतबार राति काँग्रेस केन्द्रिय समिति बैठकले बहुमतका आधारमा नेविसंघको वर्तमान कार्यसमितिको म्याद दोश्रो पटक थप गरेको थियो । गत २ भदौसम्म वर्तमान निर्वाचित कार्यसमितिको म्याद भए पनि विधान अनुसार तीन महिना थप गरेर २ मंसिरसम्म पुर्याइएको थियो । त्यसपछि फेरि दुई महिना थपेर माघ २ गतेसम्म पुर्याइएको छ ।

आइतबारको बैठकमा म्याद थप गर्ने कि विघटन गर्ने भन्नेमा नेताहरु बीच विवाद थियो।

पदाधिकारीको चाहना विपरीत नेपाली कांग्रेसले नेविसंघको कार्यसमितिको कार्यकाल थप दुई महिना थपेपछि पदाधिकारीहरु राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।

 

तर, बैठकले विवाद बीच पुनः दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो। शनिबार र आइतबार गरी सो विषयलाई टुंगो लगाउन भन्दै नेताहरु दिनभर अनौपचारिक बैठकमा बसेका थिए। तर, नेताहरु कुनै एक विकल्पमा सहमत हुन नसक्दा सभापति शेरबहादुर देउवाले बहुमतबाटै २ महिना थप गर्ने निर्णय गरेका हुन् ।