सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल मंसिर ४ गते भौमबार नेपाल सम्बत ११३९ कछलाथ्व,सन् २०१८ नोभेम्बर २० तारिक शुक्लपक्ष द्वादशी तिथि दिवा १२ वजेर ४३ मिनेटसम्म उप्रान्त त्रयोदशी तिथि, रेवती नक्षत्र साँझ ५ वजेर ४६ मिनेटसम्म उप्रान्त अश्विनी नक्षत्र,सिद्धियोग, बालवकरण, आनन्दादियोग शुभ,सूर्य वृश्चिक राशीमा,चन्द्रमा साँझ ५ वजेर ४६ मिनेटसम्म मीन उप्रान्त मेष राशीमा ।

मुहूर्त
राहुकालः–अशुभ अपरान्ह २ वजेर २९ मिनेटबाट ३ वजेर ४९ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–पूर्वान्ह ९ वजेर ९ मिनेटबाट १० वजेर २९ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य पूर्वान्ह ११ वजेर ४९ मिनेटबाट अपरान्ह १ वजेर ९ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर ३७ मिनेटबाट ९ वजेर २० मिनेटसम्म र राती १० वजेर २९ मिनेटबाट ११ वजेर १२ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर २८ मिनेटबाट मध्यान्ह १२ वजेर १० मिनेटसम्म रहनेछ ।

दिन बार वेला
सूर्योदय कालबाट प्रातः ७ वजेर ४९ मिनेटसम्म रोग वेला,७ वजेर ४९ मिनेटबाट ९ वजेर ९ वजेसम्म उद्वेग वेला,९ वजेर ९ मिनेटबाट १० वजेर २९ मिनेटसम्म चर वेला,१० वजेर २९ मिनेटबाट ११ वजेर ४८ मिनेटसम्म लाभ वेला,११ वजेर ४८ मिनेटबाट १ वजेर ८ मिनेटसम्म अमृत वेला,१ वजेर ८ मिनेटबाट २ वजेर २८ मिनेटसम्म काल वेला,२ वजेर २८ मिनेटबाट ३ वजेर ४८ मिनेटसम्म शुभ वेला र ३ वजेर ४८ मिनेटबाट सूर्यास्त कालसम्म रोग वेला रहनेछ।

रात्री बार बेला
सूर्यास्त कालबाट ६ वजेर ४८ मिनेटसम्म काल वेला,६ वजेर ४८ मिनेटबाट ८ वजेर २८ मिनेटसम्म लाभ वेला,८ वजेर २८ मिनेटबाट १० वजेर ८ मिनेटसम्म उद्वेग वेला,१० वजेर ८ मिनेटबाट ११ वजेर ४८ मिनेटसम्म शुभ वेला,११ वजेर ४८ मिनेटबाट १ वजेर २९ मिनेटसम्म अमृत वेला,१ वजेर २९ मिनेटबाट ३ वजेर ९ मिनेटसम्म चर वेला,३ वजेर ९ मिनेटबाट ४ वजेर ४९ मिनेटसम्म रोग र ४ वजेर ४९ मिनेटबाट सूर्योदय कालसम्म काल वेला रहनेछ ।

राशी
मेषः– अपरान्ह पूर्व कामले गति लिने देखिन्न । काम गर्दा हेलचक्र्याई नगर्नु होला । खर्च विवाद आदिबाट जोगिनु होला । अपरान्हबाट समयमा क्रमिक सुधार आउनेछ । साँझपख केहि काम हुनेछन् । कार्य लगनशिलता बढ्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । अरुको भर भने धेरै नपर्नु होला धोका हुनसक्छ ।

वृषः– दिनको अधिकाँश समय अनुकुल देखिन्छ । समयको ख्याल राखेर काम गर्नु होला नत्र आएको अवसर गुम्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । काममा रोकावट आउने संकेत देखिने छन्र । साँझपख खर्चमा वृद्धि हुनेछ । विश्वासमा धोका हुनसक्छ ।

मिथुनः– समग्रमा दिन अनुकुल देखिन्छ । कार्य सम्पादनका हिसावले अपरान्ह पूर्व बढि ठीक देखिन्छ । सहज तरिकाबाट कार्य सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । घर परिवारबाट सहयोग मिल्नेछ । आपरान्ह आय आर्जनका हिसावले राम्रो रहला । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

कर्कटः– समयमा पूर्ण सुधार देखिन्न तर सामान्य सुधार आउनेछ । पूर्वान्हमा गरेका काम भन्दा अपरान्हबाट शुरु गरेका काम बढि सफल हुनेछन् । काममा देखिएका समस्या कम भएर जानेछन् । ऋण लगानी गर्दा विशेष ध्यान दिनु होला । पठन पाठनमा सामन्य प्रगति हुनेछ । मानसिक तनावमा थोरै कमी आउनेछ ।

सिंहः– गलत विचारले गलत मार्ग हिडाउनेछ । सकरात्मक काम कम हुनेछन् भने नोक्सानका काम बढि हुनेछन् । चिन्ताले छोड्ने छैन । आफन्त प्रतिको आस्था र विश्वास घट्नेछ । व्यापार व्यवसायबाट लगानी गरे अनुसारको उपलब्धि हात लाग्ने छैन । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउनेछ ।

कन्याः– दिन सामान्य देखिन्छ । काममा विलम्ब गर्नु भयो भने उपलब्धिका अवसर गुम्नेछन् । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । अपरान्ह देखि समय विस्तारै प्रतिकुल बन्नेछ काम गर्दा सचेत रहनु होला । अन्तिम चरणमा पुगेका काम विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउन सक्छ ।

तुलाः– दिन सामान्यतया अनुकुल नै देखिन्छ । विवादको अन्त्य हुनेछ । परिश्रमको प्रतिफल राम्रो निस्कने छ । गरेका अधिकाँश काम सफल हुनेछन । स्वव्यवसायमा उन्नति प्रगतिका सम्भावना बढि देखिन्छ । आफन्तको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ,आम्दानी बढ्नेछ ।

वृश्चिकः– दोमन गरेर काम नगर्नु होला । दृढ विश्वासका साथ अगाडि बढ्नु होला गरेका कामबाट लाभ लिन सकिनेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । हृदयबाट सहयोग गर्ने कम हुनेछन् । स–साना काम सम्पन्न गर्न पनि धेरै मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

धनुः– समयले खासै साथ दिने देखिन्न । जोखिम मोलेर काम नगर्नु होला । आर्थिक संरचनालाई नचलाउनु होला क्षय हुनसक्छ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला । शरीरिक शिथिलता बढ्नेछ । अरुको काम गरेर जश पाईने छैन । लगानी अनुसारको व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन ।

मकरः– पूर्वान्ह कालमा गरेका धेरै जसो काम सफल हुनेछन् । त्यसैले समयको महत्व वुझेर समयमा काम सम्पन्न गर्नु होला । अपरान्हबाट समयले कम साथ दिनेछ । काम गर्ने उत्साहामा कमी आउनेछ । काम अनुसारको दाम हात पार्न कठिनाई हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्च विवाद बढ्न सक्छ ।

कुम्भः– दिनको अधिकाँश समय आज पनि प्रतिकुल देखिन्छ । उपलब्धिका काम ओझेमा पर्ने छन् । खर्चालु काम बढि हुनेछन् । लेनदेनका विषयमा सचेत हुन आवस्यक देखिन्छ । अपरान्हबाट लगनशिलता बढ्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । अरुको भर नपर्नु होला,आफन्तबाट अल्प सहयोग मिल्नेछ ।

मिनः– समयमा गरेका काम सफल हुनेछन्,ढिला सुस्ति गरेमा उपलब्धि कम हात लाग्नेछ । ढिला गर्दा कार्य सम्पन्न गर्न धेरै मेहनत गर्नु पर्नेछ । सहयोगी घट्ने छन् । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । आर्थिक क्षेत्रमा प्रगति कम होला । अरुको कुरामा विश्वास गर्दा घाटा हुनेछ । व्यापार व्यवसायमा मन्दि लाग्न सक्छ ।