प्रकाश थिङ, ललितपुर ।

दक्षिण ललितपुर को बागमती गाउँ पालिका वडा नं ४ प्युटार को खयरघारी मा रहेको खेलकुद मैदान निर्माणको काम तिव्र भइरहेको छ।
ललितपुर को दक्षिण मा रहेको क्षेत्रीय खेलकुद मैदान धेरै संर्घष पछि छोर्गे युवा क्लब । र हाम्रो टिमले यो पटक भने वाल उठाउने र कटीङ र सम्याउने काम अादी भएको जानकारी क्लब अध्यक्ष कृष्ण बहादुर ग्लानले बताए ।

अध्यक्षका अनुसार खेलकुद मैदान निर्माणमा क्लबलको सकृयता मा युवाहरुले २५ हजार प्रती ब्यक्ति उठाएका थिए। खेल मैदान बनाउन वुर्व सामसद तथा अर्थ राज्य मन्त्री उदय सम्सेर राणाको कार्यकालमा राष्ट्रिय खेलकुद विकास समिती मार्र्मफत २५ लाख बजेट विनियोजन गरेको थियो । निर्माण कै बेला सुरुमै जिल्ला खेलकुद विकस समितिमा राजनीति प्रतिसोधले सुरुको बजेटले काम गर्न सकेन। अध्यक्ष ग्लानको दावि छ। अाफ्नो स्वार्थ ले गर्दा र जिल्ला खेलकुदको मिलोमतोमा गाउँ का केही ब्यक्ति ले खाएको छ।उनिहरुले अहिलेसम्म हिसाब देखाउन सकेको छैन ।

यो ५ पाँच लाख अझै सम्म लुकाएर राखेको कुरा अध्यक्ष ग्लानले बताए र यसमा पनि क्लब र खेलाडीहरुले संघर्ष गर्नु परेको छ । त्यसपछि भने दोस्रो वर्षको बजेटले बल्ल मैदान को तल्लो भागमा वाल उठाउने काम भयको छ । अहिले जनप्रतिनिधि अाए पछि माथि बाट पाठाएको बजेट गाउँ पालिका मातहत भएको छ । यो पटक बाट गाउँ पालिकाले दिएको ५ पाँच लाखको काम भई रहेको ले यो पटक भने ११ जना खेल्ने सम्मको ठाउँ केही मात्रामा भएको छ। यसले खेलाडी र खेलप्रेमि हार्षित भएका छन ।

यो मैदान दक्षिण ललितपुर को बागमती गाउँ पालिकाको सबैभन्दा राम्रो खयरघारी विचको भागमा क्षेत्रीय खेलकुद मैदान निर्माण ले खेलप्रेमि खेलाडीहरुमा उर्जा पैदा भएको र यो वडालाई समृद्धिमा सहयोग पुग्ने समाज सेवि रामकुमार थिङ तामाङले बताउनु भयो ।

यस गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष नारायण बहादुर घले खुसीका साथ भन्नू हुन्छ यो यो मैदानको गतिविधि मैले सुरु देखि नै हेरिदै अाएको छु। म र गाउँ पालिका प्रमुख वीर बहादुर लोप्चन दक्षिण ललितपुर एउटा नमुनाका रुपमा क्षेत्रीय खेलकुद मैदान व्यवस्थापन पुर्ण तरिकाले भवन र दर्शक बस्ने ठाउँ रङ्ग सालको जस्तो सहित अवधारणा बनाएर अगाडि बढेको छौ। यसमा सबै युवा साथीहरू लाई काममा ढिला नगरिकन काम गर्न अगाडि बढाएको जानकारी गराउनु भयो । यो पटक वडा बाट फुटबल प्रतियोगिताको लागि बजेट छुटाएको छ । अब छिटै पहिलो चरणको कार्यक्रम लागि सुरु देखि सकृय क्लब छोर्गे युवा क्लबलाइ जिम्मेवारी दिएको छ। यो फुटबलको कार्यक्रम ल्होछारमा
गर्ने गरिनेछ। जसबाट राम्रो खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने छ। जानकारी गराउनु भयो ।पाँच वर्षसिय योजना लाई पूरा गर्न दुई वर्ष बाँकी हुदा पनि बजेट अनुसारको काम नहुनुले रकम हिनामिना भएको प्रमाणित हुन्छ ।