भुवनेश्वसँग इन्दिरा गान्धीका धेरै सम्बन्ध जोडिएका थिए । तर, उनीसँग जोडिएका धेरैजसो सम्बन्ध भने सुखद थिएनन् ।

उक्त सहरमा उनका पिता जवाहरलाल नेहरू पहिलोपटक गम्भीर बिरामी भएका थिए । जसका कारणले मे १९८४ मा उनको मृत्यु भयो र त्यही सहरमा १९६७ मा भएको चुनावी प्रचारका क्रममा ढुंगा प्रहार गरिएको थियो । त्यस बखत ढुंगाले लागेर उनको नाकको हड्डी भाँचिएको थियो ।

३० अक्टोबर १९८४ को मध्याह्नमा इन्दिरा गान्धीले गरेको चुनावी भाषण सधैँ झँै उनको प्रेस सल्लाहकार एचवाइ सारखा प्रसादले गरेका थिए । तर, अचानक उनले तयार गरेको लिखित भाषणभन्दा फरक मन्तव्य दिन थालिन् उनले । उनले बोल्ने शैलीसमेत फेरेकी थिइन ।

इन्दिरा गान्धीले भनिन्, ‘म आज यहाँ छु, सायद भोलि यहाँ रहन्न होला मलाई त्यसको चिन्ता छैन । म रहूँ वा न रहूँ मेरो लामो जीवन छ र मलाई यस कुरामा गर्व छ कि मैले आफ्नो पूरा जीवन चपाइरहेकाहरूको सेवामा बिताएँ । म आफ्नो अन्तिम साससम्म यसैगरी जनताको सेवामा रहनेछु । म मर्दा पनि मेरो रगतको हरेक थोपा भारतलाई बलियो बनाउने काममा लाग्नेछ ।’

कहिलेकाहीँ मान्छेको भाग्य शब्दमा पोखिन्छ र त्यसले आउने दिनको संकेत गर्छ भन्छन् । सभालाई सम्बोधन गरेपछि उनी राजभवन फर्किएकी थिइन् । उनलाई राजपाल विश्वम्भर पाण्डेले भने, ‘तपार्इंंले हिंस्रक मृत्युको शंकामा मलाई तर्साएर राख्नुभएको छ ।’ इन्दिरा गान्धीले जवाफमा भनिन्, ‘म इमानदारी पूर्वक यर्थात् भनिरहेको छु ।’

त्यस रात इन्दिरा दिल्ली फर्किइन् । उनी त्यो दिन निकै थाकेकी थिइन् । जसका कारण राती उनलाई राम्रोसँग निद्रा परेन । उनीसँगै रहेको कोठामा सुतेकी सोनिया गान्धी बिहान चार बजे आफ्नो नियमित औषधि खान शौचालय जाँदै गर्दा उनले इन्दिरा जागै बसेको देखिन । सोनियाले आफ्नो किताब ‘राजीव’ मा लेखेकी छन् कि सोनियाको पछिपछि इन्दिरा पनि शौचालय आइन र औषधि खोज्नका लागि उनलाई सहयोग गरेकी थिइन् । उनले सोनियालाई भनेकी थिइन, ‘यदि, तिम्रो स्वास्थ्य फेरि बिग्रियो भने मलाई बोलाउनु म निदाएकी हुने छैन ।’

बिहान साढे सात बजेसम्ममा इन्दिरा गान्धी तयार भइसकेकी थिइन् । त्यस दिन उनले पहेँलो (बेसार) रंगको साडी लगाएकी थिएन, जसको बोडर कालो थियो । त्यस दिन उनको पहिलो भेट्ने समय पिटर उस्तिनोबसँग थियो । जो इन्दिरा गान्धीको जीवनमा आधारित डकुमेन्ट्री बनाउँदै थिए । त्यसका लागि एक दिनअघि उडिसा यात्राको क्रममा उनको केही दृश्य लिइएको थियो ।

त्यसै दिन दिउँसो उनले ब्रिटेनका पूर्व–प्रधानमन्त्री जेम्स कैलेघन र मिजोरकका एक नेतासँग भेट गर्नु थियो । साँझ उनी ब्रिटेनका राजकुमार ऐनलाई रात्रि भोज दिने कार्यक्रम थियो । त्यस दिन बिहानको खाजामा दुुइवटा पाउरोटी (टोस्ट) अन्डा र ताजा जुस लिएकी थिइन् । खाजा खाएर मेकअप गर्ने मान्छे जब अनुहारमा पाउडर लगाउँदै थियो । त्यति नै बेला डाक्टर केपी माथुर त्यहाँ पुगे । उनीहरू हरेक दिन त्यसै समयमा उनको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुग्ने गर्थे ।

उनले डाक्टर माथुरलाई पनि भित्र बोलाएर दुई जना गफ गर्न थाले । उनले अमेरिकी राष्ट्रपति डोनल्ड रिगनले आवश्यकताभन्दा बढी सिंगार गरेको र ८० वर्षको उमेरमा पनि कपाल कालै रहेको भन्दै ठट्टा पनि गरिन् ।

नौ बजेर १० मिनटमा इन्दिरा गान्धी घरबाट बाहिर निस्केकी थिइन् । बाहिर निकै गर्मी थियो । बाहिरको गर्मीबाट बचाउनका लागि सिपाही नारायण सिंह कालो छाता लिएर उनको साथमा हिडेका थिए । उनीभन्दा केही पाइलापछि थिए आरके धवन र उनका पछि थिए इन्दिरा गान्धीका निजी सेवक नाथुराम र सबैभन्दा पछि थिए उनका निजी सुरक्षा अधिकारी सहायक इन्सपेक्टर दयाल । यसै बीचमा एक कर्मचारी चियाको एक सेट लिएर नजिकबाट गए । उक्त चिया उस्तिनोबलाई दिनका लागि ल्याइएको थियो । इन्दिराले उनलाई भनिन्, उस्तिनोबका लागि अर्कै चिया ल्याऊ ।

इन्दिरा गान्धी जब एउटा अकबर सडकलाई जोड्ने विकेट गेटमा पुगेकी थिइन् र धवनसँग कुरा गर्दै थिइन् । धवन उनलाई बताउँदै थिए कि उनको निर्देशनमा यमन यात्रामा गएका राष्ट्रपति ज्ञानी जैल सिंहलाई सन्देश पठाइएको छ कि उनी सात बजेसम्ममा दिल्ली फर्किएर आइपुग्ने छन् । उनी आइपुगेपछि इन्दिराले ब्रिटेनकी राजकुमारी एनको सम्मानमा गरिने रात्रि भोजमा उनी पनि सहभागी बनून् ।

त्यति नै वेला अचानक त्यहाँ तैनाथ सुरक्षाकर्मी बेअंत सिंहले आफूसँग भएको पेस्तोल निकालेर इन्दिरा गान्धीलाई हाने । सिंहले हालेको गोली इन्दिराको पेटमा लाग्यो । इन्दिराले मुख बचाउनका लागि आफ्नो दाहिने हात उठाइन् तर, बेअंतले निसाना मिलाएर अरू दुई फायर गरे । उक्त गोली उनको छाती र कम्मरभित्र छिर्यो ।

घटनास्थलबाट पाँच फुटको दूरीमा सतवंत सिंह आफ्नो साथमा भएको हतियार उनले चलाएनन् । इन्दिरा गान्धीलाई ढलेको देखेर उनी हलचल नगरीकन उभिरहे । तर, बेअंतले सिंहलाई कराउँदै भने गोली चला सतवंतले उनको आदेश आउने बित्तिकै आफूसँग रहेको हतियारको २५औँ गोली इन्दिराको शरीरमा प्रहार गरे । बेअंत सिंहको पहिलो प्रहार भएको २५ सेकेन्ड हुँदासम्म त्यहाँ तैनाथ सुरक्षा कर्मीको तर्फबाट कुनै प्रतिक्रिया आएको थिएन ।

सतवंतले फायर गर्दै थिए । सबैभन्दा पछि रहेका रामेश्वर दयाल अगाडि भाग्न थाले । तर, इन्दिरा गान्धीको नजिकै पुग्न लागेका उनलाई सतवंतले चलाएको गाली तिघ्रामा लाग्यो र उनी पनि ढले । इन्दिरा गान्धीका सहायकले उनको क्षत विक्षत शरीर देखेर कराउन लागे । अकबर सडकबाट एक प्रहरी अधिकारी आए के को हल्लाखल्ला हुँदै छ भनेर ।

इन्दिरालाई ढाले पछि बेअंत र सतवंत सिंहले आफ्नो हतियार भुँइमा फ्याँक्दै भने, ‘हामीलाई जे गर्नु थियो ग¥यौ, अब तिमीहरूलाई जे गर्नु छ गर ।’ त्यसपछि नारायण सिंहले अगाडि बडेर बेअंत सिंहलाई भुँइमा पछारे । सँगै रहेको सुरक्षा कर्मी बस्ने कोठाबाट प्रहरी जवान आएर सतवंत सिंहलाई पनि आफ्नो कब्जामा लिए ।

त्यहाँ हरेक समय एउटा एम्बुलेन्स राखिएको हुन्थ्यो । तर, त्यस दिन एम्बुलेन्सका चालक थिएनन् । त्यसपछि इन्दिराका राजनीतिक सल्लाहकार माखनलाल फोतेदारले कराउँदै कार निकाल्न भने । इन्दिरालाई जमिनबाट आरके धवन र सुरक्षाकर्मी दिनेश भट्टले सेतो एम्बेसडर कारको पछाडिको सिटमा राखे ।

कारको अगिल्लो सिटमा धवन, फतेदार र चालक बसेका थिए । कार चल्न लागेको थियो, सोनिया गान्धी खाली खुट्टा गाउनमा मम्मी÷मम्मी भन्दै कराउँदै कारतर्फ आउँदै थिइन् । इन्दिराको अवस्था देखेर उनी त्यही अवस्थामा कारको पछाडिको सिटम बसिन् । उनले रगतले भिजेको इन्दिराको टाउको आफ्नो काखमा राखेकी थिइन् ।

कार तीव्र गतिमा अस्पतालतर्फ गुड्दै थियो । चार किलोमिटरको दूरीमा कोही कसैसँग केही बोल्न सकिरहेका थिएनन् । सोनियाको गाउन इन्दिराको रगतले भिजिसकेको थियो । कार नौ बजेर ३२ मिनेटमा एम्स अस्पताल पुग्यो । त्यहाँ इन्दिराको रगत गु्रुप ओआरएच निगेटिभको पर्याप्त स्टक थियो ।

तर, सफदरजंग रोडबाट कुनै व्यक्तिले एम्स अस्पतालमा फोन गरेर भनेका रहेछन् कि ‘इन्दिरा गान्धीलाई गम्भीर रूपमा घाइते भएको अवस्थामा त्यहाँ ल्याइँदै छ ।’ इमरजेन्सीको ढोका खोल्न र इन्दिरालाई कारबाट उतार्न तीन मिनेट लाग्यो । त्यहाँ एउटा स्टे«चरसमेत थिएन ।

बल्ल बल्ल एउटा परानो स्ट्रेचरको व्यवस्था गरियो । उनलाई भित्र लाँदै गर्दा उनको अवस्था देखेर त्यहाँ रहेका डाक्टरहरूसमेत आत्तिएका थिए । उनीहरूले तुरुन्तै फोन गरेर एम्स अस्पतालका वरिष्ठ ‘कार्डियोलोजिस्ट’ लाई घटनाका बारेमा सूचना दिए । सूचना पाएको एक मिनटमा डाक्टर गुरेरिया, डाक्टर एमएम कपुर र डाक्टर एस बालाराम आइपुगे ।

एलेक्ट्रोकार्डियोग्रामले इन्दिराको मुटुको सामान्य अवस्था देखाएको थियो । तर, नाडीमा भने कुनै पनि धड्कन थिएन । उनको आँखाको रंग फैलिँदै थियो । त्यसको संकेत हुन्थ्यो उनको मष्तिस्कमा क्षति पुगेको छ भन्ने ।

एक डाक्टरले उनको मुखमा सास फेराउनका लागि एउटा नलीमार्फत टियुव छिराए उनको आस थियो, त्यसले उनको शरीरमा अक्सिजन जान सकोस् र मस्तिष्कलाई जागरुक बनाइ राखोस् भन्ने । इन्दिराको शारीरमा ८० बोलत रगत चढाइएको थियो । जुन उनको शरीरमा भएको सामान्य रगतभन्दा पाँच गुना बढी थियो

डाक्टर गुलेरिया भन्छन्, ‘मलाई देख्ने बित्तिकै लागेको थियो, कि उनी यो संसार छोडेर गइसकिन् भन्ने, त्यसपछि हामीले त्यसलाई पुष्टि गर्नका लागि इसिजी गर्यौँ । त्यसपछि त्यहाँ रहेका स्वास्थ्यमन्त्री शंकरनंदसँग सोधे कि अब के गर्नुछ ?’ के हामी उनलाई मृत घोषित गरिदिऊँ ? उनले भने, ‘हुँदैन त्यसपछि हामीले उनलाई अप्रेसन थिएटरमा लिएर गयौँ ।

डाक्टरले उनको शरीरलाई हार्ट एन्ड लंग मेसिनमा जोडिदिए, जसले उनको रगतलाई सफा गर्न थाल्यो । त्यसपछि उनको रगतको तापक्रम सामान्य ३७ डिग्रीबाट घटेर ३१ डिग्रीमा पुग्यो ।

प्रस्ट थियो कि इन्दिराले दुनियाँ छाडेर गइसकेकी थिइन् । तर, पनि एम्स अस्पतालको अप्रेसन थिएटरमा लगेर राखिएको थियो । डाक्टरहरूका अनुसार गोलिका कारण उनको कलेजोको दाहिने भाग छियाछिया भएको थियो । उनको शरीरमा करिब १२ गोलीले छेडेको थियो र सबै भागमा निकै क्षति पुगेको थियो ।

आफ्नै अंगरक्षकले गोली चलाएको करिब चार घण्टापछि दुई बजेर २३ मिनेटपछि इन्दिरा गान्धीलाई मृत घोषित गरिएको थियो । तर, सरकारी समाचार संस्थाले भने त्यसको घोषणा साँझ ६ बजेसम्म गरेका थिएनन् । इन्दिरा गान्धीको जीवनी लेख्ने लेखक इन्द्र मल्होत्राका अनुसार खुफिया एजेन्सीले पहिला नै शंका गरेका थिए कि इन्दिरा गान्धीको कुनै पनि वेला हत्या हुनसक्छ । उनीहरूले आग्रह गरेका पनि थिए उनको निवासमा भएका सबै सुरक्षाकर्मीलाई हटाइयोस् र नयाँलाई राखियोस् ।

तर, त्यसबारेको फाइल जतिवेला इन्दिरा गान्धीको हातमा पुग्दा उनी निकै रिसाएर तीन शब्द लेखेकी थिइन् । ‘के हामी धर्म निरपेक्ष होइनौँ ? त्यसपछि के निर्णय गरियो भने एकै साथमा दुई सिख सुरक्षाकर्मीलाई उनको नजिकको सुरक्षामा नलगाउने भन्ने ।

३१ अक्टोबरका दिन सतवंत सिंहले पेट दुखेको बहना गरेरका थिए । उनको पेट खराब भएका कारण उनले शौचालयको नजिक डिउटी मागेका थिए । उनको बहानाका कारण बेअंत र सतवंतको डिउटीसँगै भएको थियो र उनीहरूले इन्दिरा गान्धीसँग अप्रेसन ब्लुस्टारको बदला लिए । (एजेन्सीको सहयोगमा)