मेष राशि
आर्थिक समस्याले सताउला । सोचेका कामहरु बिग्रेलान् । पठनपाठनमा समस्या देखिएला । आर्थिक समस्या पार्ला । कुटुम्ब र आफन्तीमा विवाद पर्ला ।
वृष राशि
मित्रजनबाट सुख सहयोग प्राप्त होला । मन हर्षित रहला । शुभकामको थालनी होला । उद्योग व्यवसायको काम सफल रहला । मानसम्मान प्राप्त होला ।
मिथुन राशि
गरेका काममा अवरोध आइपलान् । मनमा चिन्ता पर्ला । स्वास्थ्यमा बाधा पर्ला । सञ्चित धन नाश होला । आफन्तीमा विवाद पर्ला ।
कर्कट राशि
मानसम्मान प्राप्त होला । बिग्रनै लागेका काम बन्लान् । पाहुनाहरूको सेवा सत्कार गर्ने मौका मिल्ला । धन तथा वस्तुहरुको लाभ होला ।
सिंह राशि
गरेका काम काम सफल होलान् । राज्य पक्षबाट सुख प्राप्त होला । मनमा उत्साह बढ्ला । समयले साथ देला । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । मान सम्मान मिल्ला ।
कन्या राशि
व्यापार व्यवसाय सफल रहला । समय अनुकूल भएकाले गरेका काम सफल होलान् । अतिथिको सेवा गर्ने मौका मिल्ला । धन तथा सम्पत्तिको लाभ होला ।
तुला राशि
धन हानी होला । मानसिक समस्या व्यहोर्नु पर्ला । विरोधीहरुले काममा बाधा गर्लान् । आर्थिक समस्या पर्ला । समय एक्कासी प्रतिकुल भएर जाला ।
बृश्चिक राशि
धन लाभ हुने बाटा भेटिएलान् । यात्रा तथा सवारी क्षेत्रबाट सुखसाथ मिल्ला । भोजन तथा शयनमा सुख मिल्ला । विपरीतलिङ्गी अरुबाट सहयोग होला । व्यापार व्यवसाय सफल रहला ।
धनु राशि
आर्थिक उन्नतीमा सफलता मिल्ला । भौतिक वस्तुबाट सुख प्राप्त होला । मन उत्साहित रहला । शत्रुहरु कमजोर रहलान् । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या हट्दै जालन् ।
मकर राशि
थालेका योजना असफल हुनाले तनाव उत्पन्न होला । स्वास्थ्यमा समस्या देखिएला । आर्थिक हानी होला । अनावश्यक चिन्ताले सताउला । गरेका काम बिग्रेलान् । पढाइ लेखाइमा कमजोरी देखिएला ।
कुम्भ राशि
आफन्तीसँग वैरभाव होला । मानसिक चिन्ता होला । कार्य हानि होला । भोजन तथा निद्रामा असुविधा होला । रोगले सताउला । पेटसम्बन्धी समस्या बढ्ला ।
मीन राशि
वस्त्रआदिको लाभ होला । सुख प्रसन्नता प्राप्त होला । गरेका काम सफल होला । श्रीसम्पत्ति प्राप्त होला । आँटेका काम पूरा होलान् ।