Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

गौरीबहादुर कार्की/ पूूर्वअध्यक्ष, विशेषअदालत

नेपालमा सम्पत्ति शुद्धीकरण विभाग छ। अकुत सम्पत्तिमा सम्पत्ति शुद्धीकरणमा मुद्दा लगाउन पनि सकिन्छ। यसलाई विभागमा सीमित राख्नुहुँदैन। एक शक्तिशाली संवैधानिक निकाय बनाउनुपर्छ। यदि कामै गर्ने हो भने।

यसमार्फत् अकुतमा छानविन गर्ने हो भने नेपालका सबै नेताहरू पर्छन्। अर्काको घरमा बस्ने भन्ने नेताको महिनामा २, ३ लाख भाडा तिर्ने सम्पत्ति कहाँबाट आयो ? होइन भने कुनै ठेकेदारले मायाले दिन्छ ? हो, ५० प्रतिशत नेताको सम्पत्तिमाथि छानविन गर्दा धेरै अकुत सम्पत्तिमा पर्छन्। स्रोतभन्दा बढीको पनि पर्छन्।

त्यसकारण सम्पत्ति शुद्धीकरण विभागलाई संवैधानिक बनाएर अधिकार दिनुपर्यो। यसबाट नै न्यायाधीशमाथि छानविन गर्नसक्छ। निजी क्षेत्र, व्यापारीहरूमाथि छानविन गर्न सक्छ। सेनामाथि पनि छानविन गर्न सक्छ। यसलाई संवैधानिक नबनाएर अर्थमन्त्रालयअन्तर्गत राखेर ६/६ महिनामा त्यसको प्रमुख फेर्दै जाने गरेर कहिल्यै देश उँभो लाग्छ ? के यो सिधै षड्यन्त्र होइन ?

कुनै काम गर्न लाग्यो कि, काम नगर्न दबाब दिन। सरुवा गरिहाल्ने। यसरी हुँदैन। अब एक्सनमा जानुपर्यो। भाषणमा मात्रै होइन। नेपाल समाचारपत्र