Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । भौतिक पूर्बाधार तथा यातायातमन्त्री रघुबीर महासेठले प्रधानमन्त्री केपी ओलीको छविमा चौतर्फी आक्रमण गर्दैछन् भने मोटो कमिशनको चक्करमा लागेर राष्ट्रिय गौरबका आयोजनाहरूमा प्रमुखविहीन बनाएर काम ठप्प पार्दै आएका छन् ।

रु. २ करोड घुसको प्रलोभनमा परेर प्रधानमन्त्री ओलीलाई समेत गुमराहमा राखी रेल वे विभागका महानिर्देशक अनन्त आचार्यलाई हटाई, महानिर्देशकमा बलराम मिश्रलाई नियुक्त गर्न सफल भए ।

एमाले निकट मानिएका रेल वे का विज्ञ आचार्यलाई हटाएर घुसको सेटि¨ मिलाई विभिन्न आयोजना÷योजनामा बसेर तरमार्दै आएका बलराम मिश्रलाई महानिर्देशकमा ल्याएका छन् । बलराम मिश्रलाई महानिर्देशक बनाउने सर्तमा निर्माण ब्यवसायी अनक रसुवामार्फत २ अर्बको रेल वे पुलको ठेक्का दिने शर्तमा एडभान्स (प्रिपेड) घुस असुलेर मन्त्री महासेठलाई बुझाएको स्रोतले बतायो ।

मन्त्री रघुवीर महासेठ भौतिक पूर्बाधार तथा यातायात मन्त्री नियुक्त भएपछि दुई/दुई पटक रेल वे पुलको ठेक्का जबर्जस्ती रद्द गरेर हालै २०७५ असोज २३ गते प्रकाशित भएको ३ वटा पुलको बोलपत्रमा सार्वजनिक खरिद ऐनको विपरीत रेल वे बिभागअन्तर्गत पुल ठेक्कामा पहिलेदेखि हस्ती जमाई मिलेमतोमा ठेक्का लिंदै आएको अनक रसुवालगायत ६ वटा निर्माण ब्यबसायीहरूले टेण्डर पाउने गरी उक्त ठेक्कामा शर्तहरू राखिएको मन्त्रालय स्रँेत बताउछ ।

उक्त शर्त संशोधन सम्बन्धमा निर्माण व्यवसायी महासंघलगायतका निर्माणसंग सम्बन्धीत अन्य संघ÷संस्थाद्वारा रेल वे विभागमा पत्राचार तथा सोही सम्बन्धमा मन्त्रालयमा समेत डेलिगेसन गएकोमा ठेक्कामा सेटि¨ गरेका मन्त्री महासेठले कुनै सुनवाई नगरेर पनि वेवास्ता गरिएको गुनासो प्राप्त भएको छ । उक्त ठेक्काको टेण्डर दाखिला गर्ने म्याद २०७५ मंसिर १२ गते अन्तिम दिन भएकाे खबर मंसिर १७ काे साँघु साप्ताहिकमा छ ।

पूर्वाधार निर्माणका लागि गरिने ठेक्का कार्य तथा ठेक्का प्रणालीमा सेटि¨, मिलेमतो र अग्रिम घुस असुली बढ्दै गएकाले प्रधानमन्त्री केपी ओली स्वयम्ले ठेक्कापट्टामा हुने यस्तो भ्रष्टाचारप्रति विशेष ध्यान दिन जरुरी रहेको गुनासो पीडितहरूको रहेको छ ।

भौतिक योजना मन्त्रालयअन्तर्गत हुलाकी प्रोजेक्ट डाइरेक्टर तथा कार्यालय प्रमुखलाई केही महिना अगाडि सरुवा गरी सो ठाउँमा हालसम्म पदपूर्ति नहुँदा हुलाकी सडक अन्तर्गतको निर्माण कार्यहरू अलपत्र परेका स्रोतले जनाएको छ ।