Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

ललितपुर– पर्यटन विकासमा प्रचुर सम्भावना बोके पनि लामो समयदेखि ओझेलमा परेको एक मनमोहक स्थान हो, ललितपुरको माझखण्ड । यो जिल्लाको सूदूर दक्षिण भेगमा पर्दछ ।

बाग्मती गाउँपालिका–५ मा रहेको माझखण्ड भोगोलिक विकतताका कारण दुर्गम पहाडी भेगले गर्दा नै ओझेलमा परेको स्थानीय स्विकार्छन् । यहाँसम्म कि माझखण्ड जिल्लाको सडक सञ्जालमा जोड्न समेत २१ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन कुर्नु प¥यो । जनप्रतिनिधि निर्वाचित भएर आएपछि मात्रै माझखण्डमा सडक पुग्न सकेको हो ।

‘यहाँ सडक आएको धेरै भएको छैन । एक वर्षजत्ति भयो सडक आएको ।स्थानीय चुनावपछि मात्रै सडक बनेको हो ।,’स्थानीय निवास बोमजनले बताउनुभयो । अहिले माझखण्डबाट विहानै एउटा बस शहरका लागि छुट्छ । जुन अहिले त्यहाँ उत्पादित कृषि जन्य बस्तु सहरमा बिक्री गरेर आम्दानी गर्ने माध्यम बनेको छ ।

लामो समयसम्म सडक नपुग्दा यहाँका स्थानीयले रोपवे र गोरेटोको प्रयोग गर्न बाध्य थिए। रोप वेबाट स्थानीयले आफ्नो सरसामन ओसार पसार गर्थे । त्यो पनि केही बर्षदेखि सञ्चालनमा नआउँदा भने स्थानीयले कष्टकर दैनिक गुजार्नु परेको थियो ।

माझखण्डबासी सडक नबन्दा ३ घण्टा ओरालो उकालो गर्दै भट्टेडाँडाको छपेलीसम्म आएर मात्रै सवारी चढ्न पाईन्थ्यो । करिब १ सय ५० घरधुरी रहेको माझखण्डमा १ सय प्रतिशत तामाङ जातीले बसोबास गर्छन् ।

त्यस्तै खानेपानीको समेत समस्या रहेको स्थानीय बताउँछन् । यहाँ वर्षातको पानी संकलन गरेर पनि खानेपानीको समस्या समाधान गर्नेतिर स्थानीय लागेका छन् ।

सडक सञ्जालले पछि विस्तारै माझखण्डको चर्चा हुन पुग्यो । त्यस्तैगरी छपेलीदेखि माझखण्डसम्म केबलकारले जोड्ने अबधारणा आएसँगै यतिबेला माझखण्डको चर्चा चुलिएको छ । माझखण्डमा पर्यटन विकास गर्ने उद्देश्यले डेष्टिनेशन माझखण्ड प्रालिले केवलकारले जोड्दै छ ।

सडक सञ्जालमा नजोडिँदासम्म जोकोहीलाई माझखण्डको बारेमा केही थाहा नभएकाहरु अहिले उत्सुकताका साथ जान थालेका छन् । आन्तिरिक तथा बाह्य पर्यटन जाने क्रमले माझखण्डबासीका दैनिकी पनि फिर्दै छ ।
सडकले जोडेसँगै पर्यटकको आगमन भइरहने माझखण्डमा केवलकारले जोड्ने भनेपछि पर्यटकको आगमनमा वृद्धि भएको माझखण्ड पर्यटन विकास समितिका अध्यक्ष अर्थमान लामाले बताउनुभयो ।

‘सडक पुग्नु अघि हाईकिङ गरेरै आन्तरिक तथा बाह्य पर्यटक आउँथे । सडक बनेपछि पनि पर्यटक आउने क्रम रोकिएको छैन ।, समितिका अध्यक्ष लामाले भन्नुभयो–‘केबलकार जोड्ने कुराले त झनै पर्यटक बढेको छ । यहाँ छुट्टी मनाउन समेत पर्यटकहरु आउने गर्छन् ।’

माझखण्डमा पर्यटन विकास गर्ने उद्देश्यले माझखण्ड पर्यटन विकास परियोजना बनाएर लागेको डेष्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल संजेलले बताउनुभयो ।

‘ओझेलमा रहेको माझखण्डलाई पर्यटन विकास गर्दै स्थानीयको जीवनस्तर उकास्न हामीले बृहत्तर सोच बनाएका छौँ । हामी यसका निम्ति लागिपरेका छौँ ।,’ उहाँले भन्नुभयो ।

डेष्टिनेशन माझखण्डले छपेली–मासखण्डमा २।८ किलोमिटर केवलकार निर्माण एक महिनाभित्र थालनी गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । ‘हामी केवलकार जोड्ने अन्तिम चरणमा छौँ । २०१९ को जनवरी मै हामी सिलान्यास गर्छौ । ७ महिना जस्तो निर्माणमै लाग्छ । हामीले १ वर्षभित्रै केवलकार संचालनमा ल्याउँछौँ ।’ उहाँले भन्नुभयो ।

केबलकार संचालनका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन, विस्तृत परियोजना अध्ययन प्रतिवेदन ९डिपिआर० समेत सम्पन्न गरिसकेको उहाँको दाबी छ । केवलकार स्विर प्रविधिको हुने उहाँले बताउनुभयो ।

उहाँले माझखण्डमा रहेका रुदे्रश्वर महादेव, बुद्ध बिहार, टासी क्ष्योईलिङ गुम्बाको बृहत्तर विकास गर्दै आध्यात्मिक धामका रुपमा लैजान औल्याउनुभएको छ ।

त्यस्तै उहाँले माझखण्डमा तामाङ भाषा, संस्कृति तथा अन्य समुदायको ग्रामिण जीवनशैली, रहनसहन चालचलन, रीतिरिस्थिति झल्किने जीवन्त सङग्रहालय, व्यावसायिक सांस्कृतिक टोली, नाट्याशाला ९थिएटर० निर्माण गरी साँस्कृतिक वस्ती विकास र होमस्टेलाई प्रवद्र्धन गर्नु पर्ने जोड दिनुभयो ।
माझखण्डमा रहेको रमिते डाँडालाई भ्यूटावरको रुपमा विस्तार गर्नु पर्ने सोच उहाँको छ । जसलाई दुर्लभस्थानको रुपमा उहाँले परिभाषित गर्नुभएको छ । जहाँबाट तराईका फाँट, काठमाडौं उपत्यकाका साथै हिमाली हिमश्रृंखलाहरु एकै पटक प्रष्ट देख्न सकिन्छ । रमितेसम्म पुग्न खोरभञ्ज्याङदेखि पैदलमार्ग, गोरेटो–घोडेटो निर्माण गरी घोडाचडी व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने अबधारणा अघि सार्नुभएको छ ।

माझखण्ड–कालेश्वर ट्रेकिङरुटको रुपमा विस्तार गर्नु पर्ने पनि परियोजना भित्र परेको छ । जंगल सफारी, चट्टान आरोहण, जलयात्रा, पाराग्लाइडिङ, गुफा ध्यान, घोडचढी, सिकार क्षेत्रलगायतको सम्भावना रहेको माझखण्डमा फिल्म सुटिङ, कला साहित्य सम्मेलन, साहसिक खेल, जिपलाइन, बञ्जीजम्प, सिकार क्षेत्र, पिकनिक क्षेत्र, अम्युजमेन्ट ९बालबालिकादेखि वृद्धवृद्धासम्म घुम्न मिल्ने० पार्क बनाउन पनि परियोजनाको सोच छ ।