Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

नयाँदिल्ली । भारतको आगरा सबैभन्दा धेरै आलु उत्पादन गर्ने क्षेत्र मध्ये एक हो । तर, यहाँ किसना आलुको घट्दो मुल्य र बढ्दो लागतका कारण हैरान भएका छन् । आगाराको बरौली अहीर गाउँका एक किसानले १९ मेट्रिक टन आलु बेचेर जम्मा ४९० भारु फाइदा गरेका छन् ।

आफ्नो उत्पादनले थोरै मुल्य पाएपछि निराश भएका ती किसानले सो फाइदाको ४९० रुपैयाँ प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा मनीअर्डर गरेर पठाएका छन् ।

किसान प्रदीप शर्माले आफ्नो कमाई प्रधानमन्त्रीलाई पठाउनुको अर्थ प्रधानमन्त्रीलाई अपमान भने नभएको बताए । तर, प्रधानमन्त्रीले किसानहरुको दुर्दशाबारे सोच्नुपर्ने बताए । यही सम्झाउन ४९० रुपैयाँको मनीअर्डर गरेको उनले बताए ।

उनले यसअघि पनि प्रधानमन्त्री र राष्ट्रपतिलाई पत्र लेखेको बताए । उले पत्रमा आत्महत्या गर्न अनुमति मागेका थिए । भारतमा ऋणका कारण आत्महत्या गर्ने किसानको संख्या उच्च छ ।

उनले गएका दिनहरुमा उत्तरप्रदेशका उपमुख्यमन्त्री दिनेश शर्मासँग पनि भेट गरेका थिए । उनले उपमुख्यमन्त्रीलाई भेटेर किसानलाई फाइदा हुने कार्यक्रम ल्याउन आग्रह गरेका थिए । तर, कुनै प्रगति भएन ।

उनले आलु बेच्ने बिचौलीयाले भने निकै कमाई गरिरहेको बताए । उनले किसानलाई भने केही पनि फाइदा नभएको बताए । उनले आलुको अधिकतम विक्रि मुल्य ७०० देखि ८०० रुपैयाँ प्रति क्वीन्टल रहेको बताए । उनले लागत ५४९ रुपैयाँ प्रतिक्वीन्टल पर्ने बताए ।

उत्तरप्रदेश बागवानी विभागका अनुसार आगरा जिल्लामा २ लाख ५९ हजार ६ सय ६३ किसानले २ लाख ८३ हजार ८ सय २५ हेक्टर जमिनमा आलु खेति गर्दै आएका छन् ।