• 1
    Share

सुर्खेत । सुर्खेतको जिल्ला मालपोत कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु १४ करोड १६ लाख राजश्व संकलन गरेको छ ।

विसं २०७५ ७६ को आर्थिक वर्षमा वार्षिक रु २२ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेको कार्यालयका मालपोत अधिकृत लक्ष्मी खत्रीले जानकारी दिइन् । सबैभन्दा बढी राजश्व घर जग्गाको रजिष्ट्रेसनबाट रु ९ करोड ८० लाख राजश्व संकलन भएको छ ।

त्यस्तै रातो पूर्जा बिक्री, नामसारी, संशोधन, घर कायम, जग्गा मोल, पूर्जा प्रतिलिपि लगायतबाट रु १ करोड ४० लाख २७ हजार राजश्व संकलन भएको हो