Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमा केदारबहादुर अधिकारीको सरुवा गरेको छ। सरकारले गत असोज २८ मा डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। त्यसको विरोधमा सचिव चौधरीले सरकारविरुद्ध मुद्दा दायर गरेकी थिइन्। सर्वोच्चले उनको सरुवा तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो।

विवादास्पद सचिव पुष्प चौधरीलाई सर्बोच्च अदालतले पुनस्थापना गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारी पनि विवादमा परेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चौधरी र अधिकारी दुई सचिव भएपछि मन्त्रालय सचिवको अधिकार प्रत्यायोजनको विवादमा पर्दै आएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई सचिवको दरबन्दी कायम राख्दै सरकारले सचिव केदारबहादुर अधिकारीको सरुवा गरेर उद्योग, वाणिज्य तथा आपूर्तिको सचिवको जिम्मेवारी सुम्पिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब चन्द्र कुमार घिमिरेको सरुवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव केदारबहादुर अधिकारी सरुवा भएर आएपछि स्वास्थ्यकर्मी तथा डाक्टरहरुले प्रशासनको सचिब किन ल्याइयो, कलस्टरको व्यबस्था मिचियो, ऎन मिचियो भन्दै विरोध गरेका थिए। हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विवादास्पद सचिब पुष्प चौधरी र चन्द्र कुमार घिमिरे रहने भएका छन्।