बेझाड । पाल्पाको रामपुरमा रहेको इलाका प्रशासन कार्यालयका सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ ।

गत पुष १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई सरुवा भई अन्तर्राष्ट्रिय विमानस्थलमा गएपछि अहिले उक्त कार्यालय २ कार्यालय सहयोगीको भरमा चलेको छ । कार्यालयमा सेवा लिन आएका सेवाग्राही पनि गुनासो गर्दै फर्किने गरेका छन् ।

कार्यालयका निमित्त प्रमुख (सहायक कम्प्युटर अपरेटर) रामलखा बानियाँ पनि घर बिदामा बसेका छन् । पूर्वी पाल्पावासीलाई सेवा सहज रुपमा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही समस्यामा छन् ।