काठमाडौं । संघीय समाजबादी फोरमका क्षेत्रीय सभापतिसहित ठुलो समुह नेपाली कांग्रेसमा प्रवेस गरेको छ ।

कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको आयोजनामा मंगलबारको क्षेत्रीयस्तरको आमसभामा संघीय समाजबादी फोरमका क्षेत्रीय सभापति अध्यक्ष हमिफ खान, सोही पार्टीका प्रदेश सभाका उम्मेदवार रहिसकेका मनोज कुमार शर्मा सहित बिभिन्न पार्टीका गरि ३ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

मुस्लिम संघ बाँकेको क्षेत्र नं १ नरैनापुरमा क्षेत्रीय आमसभामा बोल्दै केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले लोकतन्त्रको रक्षार्थ र जनताको हक अधिकारको सरक्षाका लागि नेपाली कांग्रेसलाई बलियो बनाउन सबै मुश्लिमहरु एक जुट भएर अगाडि बढ्नुपर्ने बताएका थिए । महिला संघकी पुर्ब केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सांसद डिला संग्रौलाले अब नेपाली कांग्रेसले संसद र सडकबाट आन्दोलन नगरि जनताको अधिकार सुनिश्चित नहुने बताएकी छन् ।

यस्तै नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले मुस्लिमहरूको हक र अघिकार सुनिश्चत गर्ने नेपाली कांग्रेस नै मुस्लिमहरूको लागि उत्तम पार्टी भएको,उक्त आमसभामा उमेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका क्षेत्रीय अध्यक्ष सहित ३ सय ५० जना कांग्रेसमा प्रवेश गरेका थिए । बाँकेको साविक क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष हमिफ खान, सोही पार्टीका प्रदेश सभाका उम्मेदवार समेत रहिसकेका मनोज कुमार शर्मा लगायत रहेका छन् ।

यस्तै राप्रपाका रामानन्द शर्मा पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनी नरैनापुर गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेका थिए । कांग्रेसमा अन्य पार्टीका अगुवा कार्यकर्ताहरुको प्रवेश गर्ने लहड चलेपछि सिंगो क्षेत्र नै कांग्रेससमय हने स्थानीय नेताहरुले दाबी गरेका छन् ।