काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री विना मगर बिरामी भएर अस्पतालमा उपचाररत थिइन । उक्त मन्त्रालयका एक जना सहसचिव राजनराज पाण्डे भने मन्त्रीका विरुद्ध सामाजिक सञ्जालमा तथानाम प्रचारवाजीमा उत्रिएका थिँए ।

उनी त्यसरी अराजक हुनुको कारण भने अच्चमको रहेको छ । आफुलाई राम्रो विभागमा सरुवा नगरेको र आफुले भनेको देशमा भ्रमण गर्दा विदा नपाएको झोकमा उनले मन्त्री विरुघ दुस्प्रचार गरेका हुन ।

यसअघि प्रेमवहादुर सिंह खानेपानी मन्त्री हुँदा पनि विदेश भ्रमण जान नपाएको झोकमा सिंहलाई पाण्डेले दुरव्यहार गरेको समाचार बाहिर आएका थिँए । सिंह खानेपानी मन्त्री हुँदा सहसचिव पाण्डेलाई मेलम्ची खानेपानी आयोजना पठाएका थिँए ।

मेलम्चीका कर्मचारीलाई दुरव्यवहार गर्न खोजेपछि उनलाई पुनः तत्काल मन्त्रालयमा तानिएको थियो । सहसचिव पाण्डे त्यस्ता सहसचिव हुन उनी आफै र आफै नाममा स्पोन्सर मगाउँछन र हप्तौ विदेश भ्रमणमा लाग्छन ।

उनको यो व्यवसाय विदेशी दाताका लागि खानेपानीको डकुमेन्ट बनाउने र डलर लिनको लागि भएको उनी निकट व्यक्तिहरु बताउँछन । “उनले यस्तो काम गर्न पाएनन भने उनी मन्त्रालयमा मनलाग्दी बोल्दै हिड्छन,” एक कर्मचारीले भने ।

सहसचिव पाण्डे जसलाई सरकारले प्रदेश नम्वर ७ को भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरि पठाएको थियो । उनले ७ नम्बर प्रदेशमा लामो समय काम गर्न नसकेको जानइन्छ ।

आफु पनि काम नगर्ने र अन्य कर्मचारीलाई मात्र भड्काउने काम गरेको उनीमाथि आरोप लागेको छ । उनको यो व्यवहारले गैरजिम्मेवार भएपछि मुख्यमन्त्री पनि हैरान भएका थिँए । प्रदेश नम्वर ७ को मन्त्रालयमा समेत संघीयता विरोधी गर्ने अनि अन्य कर्मचारीलाई समेत प्रदेश कार्यालयमा काम नगर्न भन्दै भड्काएको जानइन्छ ।

प्रदेशमा काम गर्न नसकेपछि उनलाई सरकारले खानेपानी मन्त्रालयमा पठायो । मन्त्रालय अन्तर्गतका अन्य शाखामा जिम्मेवारी दिँदा अस्वीकार गर्ने गरेका सहचिव पाण्डेको दाउ एकातीर स्वच्छ देखाउने अर्को दाउ विदेशी दाताको काम रहेको जनाइन्छ ।

उनले ल्याएको नियम विपरितको विदेश भ्रमण फाइल मन्त्रीले सदर नगरी दिएपछि मन्त्रीलाई चोर औला उठाउँदै मन्त्रीको कक्षबाट बाहिरिएका थिँए । उनको गतिविधी हेर्दा सामाजिक संजालमा मन्त्रीहरुलाई गाली वेइजती गरी चर्चामा आउन खोजेको देखिएको छ ।