Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

कास्की । मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा गएको पहिरोले कालीगण्डकी नदी थुनिएको छ ।

जलवायु तथा मौसम विज्ञान विभागले कालीगण्डकीको तल्लो तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

थुनिएको कालीगण्डकी खुलेपछि म्याग्दीको बेनी बजारसम्मको क्षेत्रमा पानीको बहाव बढ्ने विभागले जनाएको छ । मंगलबार बेलुकादेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।