Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

२०७५ माघ १० गते बिहीबार तदनुसार ई. सं. २०१९ जनवरी २४ तारिख, आजको चाडपर्व र उत्सव : काशी, वाराणसी, भारतमा बडा गणेश उत्सव, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), माघ कृष्णपक्षको चतुर्थी तिथि, मध्यरात्रीपछि ०२:१८ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, मध्यरात्रीपूर्व ११:३६ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, आजको चन्द्रमा सिंह राशिमा, मध्यरात्रीपछि ०५:१३ बजेसम्म, त्यसपछि कन्या राशिमा, शोभन योग, मध्यरात्रीपूर्व ११:२१ बजेसम्म, त्यसपछि अतिगण्ड योग, सुरुमा बब करण दिउँसो ०३:२५ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०२:१९ बजेसम्म, अन्तिममा कौलव करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :–राहु काल : दिउँसो ०१:३६ देखि ०२:५६ सम्म, यमघण्ट : बिहान ०६:५७ देखि ०८:१७ सम्म, गुलिक काल : बिहान ०९:३६ देखि १०:५६ सम्म

आजको वारवेला :– शुभ वारवेला : बिहान ०६:५७ देखि ०८:१७ सम्म, साँझ ०४:१५ देखि ०७:१६ सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५७ सम्म, अमृत वारवेला : दिउँसो ०१:३६ देखि ०२:५६ सम्म र बेलुका ०७:१६ देखि ०८:५६ सम्म, चर वारवेला : दिउँसो १०:५६ देखि १२:१६ सम्म र बेलुका ०८:५६ देखि १०:३६ सम्म, रोग वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३६ देखि १२:१६ सम्म, काल वारवेला : दिउँसो ०२:५६ देखि ०४:१६ सम्म र मध्यरात्रीपछि १२:१६ देखि ०१:५६ सम्म, लाभ वारवेला : दिउँसो १२:१६ देखि ०१:३६ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३६ सम्म, उद्वेग वारवेला : बिहान ०९:३६ देखि १०:५६ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ ।मित्र लाभ हुनेछ, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । मनमा अस्थिरता रहनेछ, कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । प्रिय लाभ हुनेछ, पराक्रम बढ्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । अध्ययनमा रुचि जाग्नेछ, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ । आयमा वृद्धि हुनेछ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । पापमतिको उदय हुनेछ । शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । मित्र लाभ हुनेछ, कीर्ति वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आयमा वृद्धि हुनेछ, कार्य लाभका साथै प्रेमिल दिन रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । व्यवसायमा वृद्धि हुनेछ, काम बन्नुका साथै आय आर्जनका अवसर पनि बढ्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । कार्य अवरोधका साथै शत्रु भय रहने देखिन्छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । आर्थिक उन्नतिका योग देखिन्छन्, व्यवसायमा वृद्धिका साथै कार्यमा पनि उन्नति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।अध्ययनमा रुचि जाग्नेछ, काम बन्नुका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।