Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडाैं । सवारीसाधनमा यात्रा गर्दा वाकवाकी लाग्ने , रिँगाटा लाग्ने , असहज महसुस हुने जस्ता समस्याहरु देखा पर्छन् । यसलाई सामान्य भाषामा गाडी लाग्नु भनिन्छ भने अंग्रेजीमा मोसन सिकनेस भनिन्छ । प्रय बालकालिका माइग्रेनका बिमारी, गर्भवती र राजस्वला भईरहेका महिलामा यसको संवेदनशीलता बढी देखिन्छ ।

विशेषगरी गाडिमा यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगले काम गर्न सक्दैनन् । यसले कसै कसैमा पैदा हुन्छ अनि बान्ता हुन्छ । यर्सथ यात्रा गर्ने क्रममा सकेसम्म सीधा अगाडि हेर्नुपर्छ ।

आँखाको दृष्टी झ्यालछेउछाउका वस्तु भन्दा टाढा केन्द्रीत गर्नुपर्छ । यसले रिँगटा लाग्न कम गर्छ ।

गाडी चढ्नुअघि मानसिक रुपले तयार हुन आवश्यक हुन्छ । मलाई वान्ता आउछ , रिँगटा लाग्छ भन्ने सोचेर बस्दा सोहि हुने सम्भावना बढी हुन्छ ।

पछाडिको सिटमा बस्दा गतिको बढी अनुभुति हुन्छ । तर्सथ बान्ता हुनेले सकभर अगाडिको सिट रोज्नु उपयुक्त हुन्छ ।

गाडीमा प्रयोग गरिने पेट्रोलियम पदार्थको गन्धले समेत बान्ता आउँछ । त्यसैले, समय समयमा बाहिरको स्बच्छ हावा लिने गर्नुपर्छ ।

यात्रा दौरान हलुका अमिलो पिरो खानेकुरा वा कागती सेवन गर्दासमेत केही राहत महसुस हुन्छ ।

यात्रा गर्नुभन्दा आधा घन्टाअघि वान्ता नआउने औषधि सेवन गर्न सकिन्छ ।