Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौँ । पछिल्ला केही वर्ष पुरुषमा वीर्यको संख्या निकै घटेकाले कतिपय दम्पतीको सन्तान प्राप्तिको इच्छा इच्छामै सीमित भएको पाइयो । यस्तोमा वीर्यको संख्या घट्नुलाई हाल एक ठूलो समस्याको रुपमा हेरिएको छ ।

कम वीर्यको संख्याको सीधा सम्बन्ध प्रजनन क्षमतासँग हुन्छ । वीर्यसंख्या घट्नुका धेरै कारण छन् । बढ्दो उमेर, तनाव, खानपान, जीवनशैली, वातावरण आदि धेरैले यसमा असर पुर्याइरहेको विशेषज्ञहरुको भनाइ छ ।

अनुसन्धाता तथा विशेषज्ञहरुले वीर्यको संख्या वृद्धिका लागि केही यसप्रकारका सुझाव दिएका छन् ।

पुरुषको प्रजनन क्षमता र वीर्यको संख्या घट्नुको मुख्य कारण आहार विहार सही नहुनु नै हो । त्यसैले स्वस्थ खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । तेलमा तारिएको, भुटेको अथवा मसाला धेरै भएको खानाले वीर्य निर्माण प्रक्रियामा असर गर्न सक्छ ।

डार्क चकलेट, लसुन, ब्रोकाउली, कुरिलो, ओखर, पालुंगो, माछा, दूधजन्य पदार्थ, भिटामिन डी आदि खानाले वीर्यको संख्यावृद्धिमा विशेष सहयोग पुग्छ ।

आफूलाई तनाव र चिन्ताबाट जतिसक्दो टाढा राख्नु नै राम्रो हुन्छ । तनावका कारण हार्मोनको तह घटबढ हुन सक्छ । दैनिक रुपमा व्यायाम गर्नु, योग ध्यान आदिले तनाव कम हुनुका साथै शरीर स्वस्थ र तन्दुरुस्त भई वीर्यको संख्या पनि बढ्छ ।

अचेल पुरुषहरुले बढी मात्रामा ल्यापटपको प्रयोग गर्छन् । ल्यापटपको प्रयोग गर्दा धेरैले आफ्नो काखमा राख्ने बानी धेरैको हुन्छ । तर, यसरी ल्यापटप चलाउनु राम्रो होइन । यस्तो तरिकाले अण्डकोषको तापमान बढेर वीर्यको संख्या घट्न सक्छ ।

त्यस्तै, तातो पानीले नुहाउन पनि विशेषज्ञहरु निषेध गर्छन् ।

घण्टौंसम्म मोटरसाइकल चलाउने पुरुषमा पनि यो समस्या हुन सक्छ । त्यसैले मोटरसाइकल चलाउने पुरुषले व्यायाम र विश्राममा ध्यान दिनुपर्छ ।

नियमित घण्टौंसम्म एउटै आसनमा बसेर काम गर्ने पुरुषका नसाहरु सक्रिय नभई उनीहरुमा यो समस्या देखिन सक्छ । त्यसैले समयसमयमा आफ्नो आसन परिवर्तन गर्दै केही बेर हिँडडुल गरी आफूलाई सक्रिय राख्नाले पनि वीर्यको संख्या वृद्धिमा सहयोग पुग्छ ।

मद्यपान र लागूऔषध सेवन गर्ने पुरुषमा वीर्य क्षय हुने सम्भावना बढी रहन्छ । त्यसैले मद्यपान र लागूऔषधबाट टाढा रहनु नै वीर्यको संख्या वृद्धिका लागि उचित हुन्छ ।