Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट आयात गरेको १३ करोड रुपैयाँको चिनीको गोदाम भाडा साढे चार करोड रुपैयाँभन्दा बढी पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा दसैतिहारलाई लक्ष्य गरी कर्पोरेसनले भारतको गुजरातबाट चिनी आयात गरेको ४८ हजार नौ सय १० बोरा चिनी वीरगन्जस्थित सुक्खा बन्दगाहमा चार महिनादेखि अलपत्र छ ।

सरकारको लापरबाहीका कारण यो अवस्था आएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनले भारतको गुजरातस्थित रेनुका सुगर मिलबाट खरिद गरेको १३ करोड रुपैयाँको २४ हजार चार सय ४५ मेट्रिक टन चिनी रेलमार्ग हुँदै सुक्खा बन्दगाह आइपुगेको हो ।