Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । समाजमा बलात्कार तथा हिंसाका घटना बढेको भन्दै सरकारले अश्लील सामग्री तथा बेबसाइटलाई प्रतिबन्ध लगाउन गरेको निर्णय असफल भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको यो निर्णय कार्यान्वयन हुन सकेको छैन । सरकारले अश्लील सामग्री तथा वेबसाइटलाई प्रतिबन्ध लगाउने भन्दै गरेको तामझाम, जनशत्ति, समय र स्रोत मात्रै खर्च भएको छ ।

तर त्यस्ता वेबाइट बन्द भएका छैनन् । अझै पनि सामान्य मोबाइल र कम्प्युटरमा यस्ता साइट र सामग्री सहज रुपमा देख्न सकिन्छ । सरकारले जति साइट बन्द गर्छ, उत्तिकै संख्यामा विश्वबजारमा नयाँनयाँ साइट खुलेकाले यसलाई बन्द गर्न नसकिएको हो ।