Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाठौं । आज संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस मुठभेड नै निम्त्याउने तयारीमा छन् ।

सोमबार र मंगलबारका पाँच बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपार्ई स्थगित भएपछि शुक्रबार १ बजेका लागि अर्को बैठक आह्वान भएको हो । नेकपा जसरी भए पनि विधेयक प्रस्तुत गर्ने रणनीतिमा छ तर, कांग्रेस जुनसुकै हालतमा रोक्ने योजनामा छ ।

मंगलबार नै धकेलाधकेकको अवस्थामा पुगेको परिस्थिति शुक्रबार बिग्रिने संकेत दुवै पक्षका सांसदहरूले गरेका छन् । दुवै पक्षको मुठभेडको तयारीलाई मध्यनजर गर्दै संसद् सचिवालयले शुक्रबारको बैठकमा मर्यादापालक थपेको छ ।

हाल १३१ मर्यादापालक रहेकोमा ३० जना थप्न लागिएको हो । संसद् बैठकमै १०० मर्यादापालक खटाइने छ । ‘आवश्यक परे ३० जनाजति प्रहरी हेड क्वार्टरबाट मगाउनेछौँ’, मर्यादापालक उपप्रमुख सानुभाइ खड्काले भने । आवश्यक परे रोस्ट्रम अगाडि ‘डबल रो’ राखिने उनको भनाइ छ ।