Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । एक शिक्षिकाले आफ्नै पढाउने बिद्याथीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । ३० वर्षीया शिक्षिका र १९ वर्षका छात्रले ती व्यक्तिको हत्या गरेका छन् । बिद्यार्थीलाई ज्ञानको ज्योति दिने शिक्षिकाको यो कर्तुतको सर्वत्र आलोचना भएको छ । मृतकको शव शिक्षिकाले आफ्नै घरमा लुकाएकी थिईन् । मृतक व्यक्तिका हात खुट्टा बाँधेर हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले छात्रा र शिक्षिकालाई गिरफ्तार गरेको छ ।

हरियाणको समालखा ईलाकामा घटना भएको हो । प्रहरीका अनुसार समालखाका दलबीर सिंह खाद्य एवम् आपूर्ति विभनगमा काम गर्दथे । करिब ४ वर्ष पहिले उनको बिवाह रोहतक बस्ने अमितासँग भएको थियो । उनीहरुकी एक छोरी रहेकी छन् । अमिताले स्नाकोत्तर गरेकी थिईन् । पढाईमा निकै तेज थिईन् । केही समययता उनी आइटीआईका छात्रलाई ट्युसन पढाउन लागेकी थिईन् । समय बित्दै गयो, अमिता र ती छात्रबीच अवैध सम्बन्ध बन्यो । केही दिनपछि यो बिषय दलवीरको परिवारलाई थाह भयो । दलवीर र अमिताबीच यो बिषयमा निकै विवाद भयो ।

दलवीर त्यहाँबाट हिँडे अर्कै ठाउँमा डेरा सरे । त्यसपछि अमिता रीस थाम्न नसक्ने भएकी थिईन् । उनले दलवीरलाई आफ्नो जीवनबाट सधैँका लागि हटाउने योजना बनाईन् । योजनाबद्ध तवरले अमिताले १८ डिसेम्बरमा दलवीरलाई फोन गरेर घरमा बोलाईन् । चियामा औषधी घोलेर नसामा पारिन् । दलवीर बेहोस भए । अमिता र ती छात्रा अमितले दलवीरका हातखुट्टा बाँधे । तर दलवीर होसमा आए । हातखुट्टा बाँधेर डण्डीले टाउकोमा हिर्काए र दलवीरको मृत्युभयो । उनीहरु त्यहाँबाट भागे । अमिता र अमितलाई प्रहरीले जयपुरबाट पिछा गर्दै पञ्जाबमा एक होटेलमा फेला पारेको हो ।