Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडाैं । स्पेनिस क्लब रियल म्याड्रिड युरोपको सबैभन्दा धनी क्लब बनेको छ । पछिल्ला तीन सिजन लगातार च्याम्पियन्स लिगको उपाधि जितेको स्पेनिस जाइन्ट किलर रियल १२औं पटक सर्वाधिक धनी क्लबको पहिलो सूचीमा गनिएको हो ।

फुटबल क्लबहरूको आर्थिक कारोबारको तथ्यांक संकलन गर्दै आएको ‘डेलोइट’ संस्थाले बिहिबार सार्वजनिक गरेको तथ्याङ्क अनसार रियल पहिलो र स्पेनिस महारथि बार्सिलोना दोस्रो स्थानमा छन् ।
‘डेलोइट’ ले २२ औं पटक यो सूची तयार पार्द रियल १२ औं पटक सर्वा्धिक धनीमा गनियो । उक्त संस्थाले २०१७–१८ मा क्लबहरूले गरेको सबैखाले व्यापार र आम्दानीका आधारमा यस्तो सूची तयार पारेको हो ।

तेस्रो स्थानमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड रहेको छ । चौथोमा जर्मन क्लब बार्यन म्युनिख छ । गतबर्ष युनाइटेड शीर्ष स्थानमा थियो । गतबर्ष रियल दोस्रो स्थानमा थियो ।

शीर्ष १० धनी क्लब र कमाई
रियल म्याड्रिड (स्पेन) – ७५०.९ मिलियन युरो
बार्सिलोना (स्पेन) – ६९०.४ मिलियन युरो
म्यानचेस्टर युनाइटेड (इङ्ल्यान्ड) – ६६६ मिलियन युरो
बार्यन म्युनिख (जर्मनी) – ६२९.२ मिलियन युरो
म्यानचेस्टर सिटी (इङ्ल्यान्ड) – ५६८.४ मिलियन युरो
पीएसजी (फ्रान्स) – ५४१.७ मिलियन युरो
लिभरपुल (इङ्ल्यान्ड) – ५१३.७ मिलियन युरो
चेल्सी (इङ्ल्यान्ड) – ५०५.७ मिलियन युरो
आर्सनल (इङ्ल्यान्ड) ४३९.२ मिलियन युरो
टोट्टनहाम (इङ्ल्यान्ड) – ४२८.३ मिलियन युरो