Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को पारदर्शिताबारे बारम्बार प्रश्न उठिरहन्छ। तिनले परियोजना र खर्चको सबै विवरण सरकालाई बुझाउनुपर्छ। तर, अधिकांशलेसरकारलाई विवरण नै दिँदैनन्।

थुप्रैले अपारदर्शी तरिकाबाट परियोजना परिमार्जन गराएर खर्चको विवरण लुकाउँछन् । समाजकल्याण परिषदका अनुसार नेपालका २४७ आईएनजीओले काम गर्न स्वीकृति लिएका छन्। तर ६२ वटाले मात्र सरकालाई खर्चको जानकारी दिएका छन्। आर्थिक वर्ष २०४७/७५ मा ६२ आइएनजीओले ११ करोड अमेरिकी डलर खर्च गरेको रिपोर्ट दिएका छन्। अघिल्ला वर्ष भन्दा विवरण बुझाउनेको संख्या र खर्चको आकारसमेछ घटेको छ।

अर्थ मन्त्रलाले २०६९/७० देखि वैदेशिक सहायता व्यवस्थापन प्लेटफर्म तयार गरी आईएनजीओमार्फत सञ्चालन हुने परियोजना र खर्चका सम्बन्धमा जानकारी गराउनुपर्ने व्यावस्था गरेको थियो। त्यसपछि जानकारी दिएर खर्च गर्नेहरुको संख्या र खर्चको आकार बढ्दै गएको अर्थ मन्त्रालयको विकास सहायता प्रतिवेदनमा उल्लेख छ।