Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । माघ महिनाको पहिलो र दोस्रो सातासम्म ३४ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेको छ भने अन्य समुहहरुले भने प्रकाशित गर्ने क्रममा रहेको छ ।

हाल सम्म वाणिज्य बैकमध्ये ८ वटा कम्पनीहरुले मात्र प्रकाशित गरिसकेका छन् । ति एनआईसी एसिया बैंक, एभरेष्ट बैंक, ग्लोबल बैंक, सिद्धार्थ बैक, प्रभु बैंक, माछापुच्छे बैंक, सिटिजन्स बैंक र कुमारी बैंकले प्रकासित गरिसकेको छ ।

त्यस्तै माइक्रोफाइनान्समा १४ वटा कम्पनीहरुले प्रकासित गरिसकेको छ। विकास बैंकमा ७ वटा कम्पनी र फाइनान्स कम्पनीमा ५ वटा कम्पनीले प्रकाशित गरिसकेको छ ।

८ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी मुनाफा कमाउनेमा एनआईसि एसिया बैंक रहेको छ । यस बैंकले यस त्रैमासमा १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ कमाएको छ । यस कम्पनीले अघिल्लो वर्षको तुलनामा १६४ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै दोस्रो स्थानमा एभरेष्ट बैंकले १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको र तेस्रो स्थानमा ग्लोबल बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै ७ वटा विकास कम्पनीमा सबैभन्दा बढी नाफा कमाउने ओम डेभलपमेन्ट बैंक रहेको छ । जसले यस त्रैमासमा २४ करोड २ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा ५९ दशमलव ८५ प्रतिशतले वृद्धि गरेको छ । यस त्रैमासमा ओम, लुम्बिनी, ज्योति, कामना सेवा, देव विकास, तिनाउ विकास र सप्तकोशी डेभलपमेन्ट बैंकले दोस्रो त्रैमास प्रकाशित गरिसकेका छन् ।

त्यस्तै गरी १४ वटा लघुवित्त कम्पनीमा सबैभन्दा बढी नाफा कमाउनेमा एनआईसि एशिया लघुवित्त रहेको छ । जसले ५ करोड ७७ लाख रुपैयाँ कमाएको छ । यस कम्पनीको अघिल्लो वर्षको २४ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । त्यस्तै दोस्रो स्थानमा नेशनल माइक्रोफाइनान्सले ५ करोड ७२ लाख रुपैयाँ कमाएको छ । गत वर्षको तुलनामा ४६ दशमलव ०२ प्रतिशतले वृद्धि गरेको हो ।

र फाइनान्स कम्पनी ५ वटाले यस त्रैमासमा वित्तीय विवरण प्रकाशित गरिसकेको छ । जसमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा आइसिएफसि फाइनान्स कम्पनी रहेको छ । जसले ६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा भने नाफा १४ प्रतिशतले घटेको छ ।