Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सुनसरीको कोसी गाउँपालिकामा शुक्रबार भएको गाईभैंसी सुन्दरी प्रतियोगितामा भैंसी प्रथम भएको छ । बीपी स्मृति कृषि मेलाको अवसरमा जिल्लामै पहिलो पटक भएको प्रतियोगितामा कोसी–३ पश्चिम कुशाहाका विन्देश्वर इशरको भैंसी प्रथम भएको हो ।

दुईसय भन्दा बढी भैंसी सहभागी भएको प्रतियोगितामा इशरको भैंसी प्रथम, बालेश्वर परसैला यादवको भैंसी दोस्रो र रामरत्न यादवको भैंसी तेस्रो भएका थिए । प्रथम, द्वितीय र तृतीय स्थान विजेता भैंसी धनीलाई गाउँपालिकाले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरेको थियो । पहिलो भएको भैंसी धनीलाई इनरुवा नगरपालिका प्रमुख राजन मेहताले भैंसी नै पुरस्कार दिने घोषणा गरे ।

जनप्रतिनिधि आएपछि पहिलोपटक गाउँपालिकाले बीपी स्मृति मेला तथा गाई र भैंसी सुन्दरी प्रतियोगिता सम्पन्न गरेको हो ।