Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

हेटौँडा । नागरिकलाई सुरक्षा दिन दुर्गम बस्तीमा खटिएका प्रहरीहरु आफै कष्टकर र असुरक्षित तवरले बस्न बाध्य छन् । भूकम्प गएको ४५ महिना बित्न लागिसक्दा पनि प्रहरी चौकीहरु पुननिर्माण नभएकाले त्रिपालमुनी बसेर सेवा प्रदान गरिरहेका छन् ।

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका सिमभञ्ज्याङस्थित प्रहरी चौकीका प्रहरीहरु हिउँ, तुसारो र सिरेटो खेप्दै टेन्ट मुनी बसेर सेवा प्रदान गरिरहेका छन् ।

२०७२ जेठ १२ गतेको भूकम्पले प्रहरीहरु बस्दै सिमभञ्ज्याङस्थित भवन भत्केपछि उनीहरु त्रिपालमुनी बस्दै आएका छन् । यो क्रम अहिले पनि जारी छ ।