Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल माघ १४ गते सोमबार नेपाल सम्बत ११३९ पोहेलागा तदनुसार सन् २०१९ जनवरी २८ तारिक कृष्णपक्ष अष्टमी तिथि साँझ ७ वजेर ५३ मिनेटसम्म उप्रान्त नवमी तिथि,स्वाती नक्षत्र साँझ ७ वजेर ४८ मिनेटसम्म उप्रान्त विशखा नक्षत्र,शूलयोग,बालवकरण, आनन्दादियोग छत्र,सूर्य मकर राशीमा,चन्द्रमा तुला राशीमा । योगिनी ईशान्या दिशामा,काल वायव्य र पाश आग्नेय दिशामा र चन्द्रमा पश्चिम दिशामा भ्रमण गर्ने छन् ।

मुहूर्त
राहुकालः–अशुभ विहान ८ वजेर १५ मिनेटबाट ९ वजेर ३६ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान १० वजेर ५६ मिनेटबाट मध्यान्ह १२ वजेर १७ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह १ वजेर ३७ मिनेटबाट २ वजेर ५८ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ मध्यान्ह १२ वजेर ३८ मिनेटबाट अपरान्ह १ वजेर २१ मिनेटसम्म र २ वजेर ४७ मिनेटबाट ३ वजेर ३० मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५५ मिनेटबाट मध्यान्ह १२ वजेर ३८ मिनेटसम्म रहनेछ ।

दिन बार बेला
सूर्योदयबाट प्रातः ८ वजेर १५ मिनेटसम्म अमृत वेला,८ वजेर १५ मिनेटबाट ९ वजेर ३६ मिनेटसम्म काल वेला,९वजेर ३६ मिनेटबाट १० वजेर ५६ मिनेटसम्म शुभ वेला,१० वजेर ५६ मिनेटबाट १२ वजेर १७ मिनेटसम्म रोग वेला,१२ वजेर १७ मिनेटबाट १ वजेर ३८ मिनेटसम्म उद्वेग र वेला, १ वजेर ३८ मिनेटबाट २ वजेर ५८ मिनेटसम्म चर वेला,२ वजेर ५८ मिनेटबाट ४ वजेर १९ मिनेटसम्म लाभ वेला र ४ वजेर १९ मिनेटबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

रात्री बार बेला
सूर्यास्तबाट ७ वजेर २० मिनेटसम्म चर वेला,७ वजेर २० मिनेटबाट ८ वजेर ५९ मिनेटसम्म रोग वेला,८ वजेर ५९ मिनेटबाट १० वजेर ३९ मिनेटसम्म काल वेला,१० वजेर ३९ मिनेटबाट १२ वजेर १८ मिनेटसम्म लाभ वेला,१२ वजेर १८ मिनेटबाट १ वजेर ५७ मिनेटसम्म उद्वेग वेला,१ वजेर ५७ मिनेटबाट ३ वजेर ३७ मिनेटसम्म शुभ वेला,३ वजेर ३७ मिनेटबाट ५ वजेर १६ मिनेटसम्म अमृत र ५ वजेर १६ मिनेटबाट सूर्योदयसम्म चर वेला रहनेछ ।

मेषः– दैनिक काम सुचारु रुपमा अगाडि बढ्नेछन् । सक्रियता बढाउनु होला । काममा ढिला सुस्ति गरेमा उपलब्धि थोरै हात लाग्नेछ । तर आजको अधिकाँश समय भने अनुकुल नै देखिन्छ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन हुने नै छ । प्रेरणाका स्रोत भेटिने छन् ।

वृषः– संघर्ष बढि नै गर्नु पर्नेछ । गोपनियता भङ्ग गरेमा आफैलाई घाटा हुनेछ । भय त्रासको अन्त्य हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । विवादित विषयको टुङ्गो लाग्नेछ । काम गर्दा आफ्नो हात माथि पर्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । सहयोग गर्ने कमै भेटिने छन् । नयाँ कार्य योजनाका बारेमा छलफल हुनेछ ।

मिथुनः–अन्योलता हटेर जानेछ । गरेका काम सफल हुनेछन् । विशेष गरेर महिलाको सहयोग लिएर काम गर्नु बढि लाभदायक होला । सक्रिताले नै सफलताको शिखर चढाउनेछ । दैनिक काम काजबाट सामान्य लाभ हुनेछ । यात्रामा कठिनाई आउन सक्छ । आम्दानीलाई बचाउन गाह्रोे हुनेछ । कुरामा भन्दा काममा जोड दिनुहोला ।

कर्कटः–शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । काम गर्न मन लाग्ने छैन । घरयासी खर्च बढ्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् । आफ्नो स्वार्थको लागि कसैले उचाल्ने काम गर्न सक्छन् बुझेर मात्र काम गर्नुहोला । भौतिक सुख,शान्तिमा कमी आउनेछ । आहार विहार नमिलाउदा स्वास्थ्य कमजोर बन्न सक्छ ।

सिंहः– अल्छि गर्दा अवसर गुम्नेछ भने सक्रियताले शिखर चुमाउनेछ । समयको ख्याल राखेर काम गर्नु भयो भने धेरै कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । कला सहित्य न्याय तथा शैक्षिक प्रतिष्ठानबाट लाभान्वित हुनुहुनेछ । मान सम्मान मिल्न सक्छ ।

कन्याः– ग्रह,गोचर सामान्यतया मध्यम देखिन्छ । प्रयत्नपूर्वं गरेका काम सफल हुनेछन् भने अरुको भरमा मात्रै काम गर्नु भयो भने असफल हुने सम्भावना बढि देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विना सोच विचार कुनै पनि विषयमा निर्णय लिनु गलत हुनेछ । इष्टमित्र साथी भाईको सल्लाह लिएर काम गर्नु होला ।

तुलाः– भोग विलासिता तिर मात्रै मन नदिई काम तिर पनि ध्यान दिनु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । वास्तुकला तथा निमार्ण सम्बन्धि कामबाट बढि लाभ हुनेछ । वौैद्धिक व्यक्तित्व सँग नयाँ विषय बस्तुका बारेमा विचार विमर्श हुनेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

वृश्चिकः– आफुले सोचे जस्तो हुने छैन । परिश्रम अनुसारको प्रतिफल कम मिल्नेछ । खुला रुपमा काम गर्न गाह्रो हुनेछ । गरेका कामबाट आफुलाई भन्दा अरुलाई बढि फाइदा पुग्न सक्छ । भौतिक चिन्तन बढि हुनेछ । व्यर्थको घुमाई फिराई भेटघाटमा समय बढि खर्च हुने देखिन्छ । उपकारी काममा धन खर्च हुनेछ । अस्थिरता बढ्नेछ ।

धनुः–समयको सदुपयोग गर्नु होला ढिला सुस्ति गर्दा उचित लाभ लिन सकिने छैन । एउटा कामको टुङ्गो नलगाई आर्को काममा हात नहाल्नु होला । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आफन्तका कारण खर्च गर्नु पर्ने बाध्यात्मक स्थितिको सृजना हुनसक्छ ।

मकरः–स्थिर भएर काम गर्नु होला । तपाईका सोच र विचार सर्वमान्य हुनेछन् । कामले प्राथमिकता पाउनेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा प्राप्त हुनसक्ने कुरालाई नकार्न सकिन्न । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ । व्यवसायमा नयाँ सम्भावना देखिने छन् । स्वतन्त्र व्यापारबाट आम्दानी बढ्नेछ ।

कुम्भः–समयमा विस्तारै सुधार आउनेछ । लगनशिलता बढाउनु होला । अरुका कामलाई कम प्राथमिकता दिनुहोला नत्र आफ्ना काम अधुरा रहनेछन् । यात्राको सम्भावना लाई नकार्न सकिन्न । धार्मिक काममा सक्रियता बढ्नेछ । आस्था र विश्वास बढ्नेछ । कला सहित्यतिर मन जानेछ । विरोधी कमजोर बन्नेछन् । समस्या घट्दै जानेछन् ।

मिनः– सोचे जस्तो समयले साथ दिने छैन । नयाँ कामको शुरुवत नगर्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । गलत विचार बढ्नेछ । उपलब्धि विहिन खर्च बढ्नेछ । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । आर्थिक कारोवारले टाउको दुखाउनेछ । अरुको भर परेर काम गर्नु भयो भने दुःख पाउनु हुनेछ । हासिल उपलब्धि गुम्न सक्छ ।

(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )